रानाथारुले मनाउदै आएको तीजमा पहिलो पटक स्थानीय बिदा

धनगढी, २९ साउन । पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले मनाउदै आएको तीजमा पहिलो पटक स्थानीय विदा पाएका छन् ।

आज (सोमबार) रानाथारु धुममधामका साथ तीज पर्व मनाइरहेका छन् । सरकारले आज स्थानीय बिदा घोषणा गरेको छ ।

तीज पर्व रानाथारु समुदायको दोस्रो ठूलो पर्व हो । यस समुदायका चेलीले दाजुभाई र भतिजाहरूको सु–स्वास्थ्य र दीर्घायूको कामना गरी आजको दिन निराहार ब्रत बसेर पर्व मनाउने गरेको बताउछन् धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँका स्थानीय मेखराज राना ।

यसैबीच, कञ्चनपुरको लालझाँडी गाउँपालिकाले स्थानीय बिदा उपलब्ध गराएको छ । रानाथारुको पर्वमा स्थानीय बिदाको घोषणा भएको सम्भवतः पहिलो बिदा रहेको रानाथारु अगुवाहरू बताउँछन् ।