‘हरेरी महोत्सव २०७५’ तयारी तिब्र
धनगढी २९ साउन । सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई ‘हरेरी महोत्सव २०७५’ लगाउने तयारी गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईका थारु समुदायहरुले जाइँको देउथानमा ‘हरेरी महोत्सव २०७५’को तयारी सरु गरेका छन् ।
हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले बिभिन्न उप समिति गठन गर्ने तयारीलाई तिब्र रुपमा पारेको हो ।

२०७३ साल देखी सुरु भएको हरेरी महोत्सव यस बर्ष भाद्र ९ गते देखी ११ गते सम्म ३ दिन सम्म चल्नेछ ।
महोत्सवमा मुख्य आकर्षणका रुपमा थारु समुदायको लोपोन्मुख मंग्रहवा नाच, लाठी नाच, साखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहेने हरेरी महोत्सवका प्रबक्ता बिनय चौधरीले जानकारी दिए ।
त्यसैगरी, महोत्सवमा विभिन्न थारु समुदायका खानाका परिकार जस्तै ढिक्री, अण्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, खाना, परिकार आकर्षणका रुपमा विभिन्न स्टलमा राखिने प्रबक्ता चौधरीले बताए ।
थारुले अति महत्वपूर्ण मानिने यो पूजा राज्यको उदासीनता, आधुनिक संस्कृति, संस्कारले गर्दा संरक्षण एवं सम्वद्र्धन हुन नसकी दिन प्रतिदिन लोप भइरहेकाले यस पूजाको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि थारु जाति र सम्बन्धित सबैको कर्तव्य, जिम्मेवारी र दायित्व जिम्मेबारी हुन् भन्ने उदेश्यले यस पर्बलाईलाई महोत्सवको रुप दिई प्रचारप्रसारमा ल्याएको संयोजक कुलबिर चौधरीले बताए ।
‘भाषा संस्कृति, कला, भेष हमार, पहिचानः हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान’ भन्ने मुल नाराका साथ हरेरी महोत्सवको आयोजना गर्न लागिएको हो । संस्कृतिका धनी आदिवासी थारुको सामूहिक रुपमा गरिने चार पूजा धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा हो ।













