प्रदेश ७ को राजधानी भूगोलको आधारमा बनाऊ : इतिहासकार चौधरी
धनगढी, २८ साउन । थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरी प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाब दिए । उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने आग्रह गरे ।
सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसंगको छलफलमा उनले राजधानी दिपायल राखे तराई अन्य पहाडी जिल्लालाई पायक पर्ने हुने बताए ।
राजधानी पहाड भए पहाडको भौतिक विकाससंगै मानविय विकसमा टेवा पुग्ने तर्क दिदै उनले प्रदेश ७ को राजधानी अब धेरै बहस नगरि पहाड तिर लैजान थारु इतिहासकार थारुको आग्रह थियो ।
छलफल कार्यक्रममा उनले थारुहरुको इतिहासको बारेमाा जानकारी दिदै भने आदिम कालमा थारुहरुले तराई जोगाए तर राज्यले मधेशको संज्ञा दिएको भन्दै आपत्ति जनाए ।
उनले ७२ सालमा भएको आन्दोलनले हाल सम्म २६ जनालाई पुर्पक्षको लागि थुनामा राखेरा सरकार गैर जिम्मेवारी बहन गरिरहेको आरोप समेत लगाए ।

उनले भने ‘टीकापुर घटनाले सद्भाव होईन भुषामा लागेको आगो दन्किने बेर छैन, तीन वर्ष सम्म पुर्पक्षमा राखेर यूवाहरुमा प्रतिरोधको भावना जगाउनु हो । विस्फोट हुँदा राज्यले थेग्नै नसकने क्षति हुन्छ ।’
छलफल कार्यक्रममा सांसद चुनकुमारी चौधरीले प्रदेश राजधानी र नमाकरणको विषयमा व्यापक छलफल पश्चातपनि प्रतिबेदन अधुरो भएकोले पुःन समय थप गर्नुपर्ने बताईन् ।
उनले सवाल सानो देखिए पनि काम भेग भएको कारण २९ गते पनि प्रतिबेदन बुझाउन नसक्ने जानकारी दिदै सबैको बहसलाई मध्येनजर गर्दै सबैले पायक पर्ने ठाँउमा राजधानी राख्ने बताईन् ।
‘प्रदेश नं. ७ को राजधानी केन्द्रले नै टोक्छ’
पछिल्लो समय प्रदेश राजधानी र नमाकरणको विषयमा व्यापक बहस भईरहेको छ । कोहि भन्छन् राजधानी सबैले पाईक पर्ने स्थानमा हुन्छ, त कोही अस्थाई राजधानी धनगढी नै हुनुपर्छ भन्ने तर्क र वितर्कमा चर्का चर्की बहस भईरहेको छ ।
यसै सन्दर्भमा प्रदेश नं. ७ का सांसद मालामति रानाले यहाँको राजधानी केन्द्रले नै टोक्छ भन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘प्रदेश ७ ले राजधानी टोक्ने र नमाकरण गर्नको लागि विशेष समिति गठन गरेको छ । तर रिमोर्ट केन्द्रको हातमा छ । केन्द्रले जे निर्णय गर्यो विशेष समितिले ताली मात्रै पट्काउँछन् ।’
सांसद रानाले भनिन् ‘हचुवाको भरमा विशेष समिति बनेको छ, समितिका संयोजक निर्णयको एजेन्डा लिन एक्लै काठमाडौ जानु हुन्छ । तर समितिले बहस पुगेन भन्दै बारम्बार समय थप गरि आफ्नो बालपन देखाईरहेको छ ।’
उनी आक्रोशित हुदै भनिन् विशेष समिति भित्रका माननियहरुले राजधानी र नमाकरण विभेद रहित बनाउने भाषण गर्छन्, तर कसैलाई अपमान गरि नाम दिदा कसरी विभेद रहति हुन्छ भन्दै प्रतिप्रश्न गरिन् ।
थरुहट आन्दोलन राजधानी माग गर्नलाई आन्दोलन चर्केको होईन् बरु आफ्नो पहिचान र अधिकारको आन्दोलन थियो तर राज्यले उनीहरुको माग सुनुवाई नगरि अहिले सद्भावको नाममा धनगढी राजधानी हुनुपर्छ भन्नु कुतर्क रहेको बताए । छलफल कार्यक्रममा थारु अगुवा, भल्मन्सा, बुद्धिजिबि पत्रकारहरुको उपस्थिति रहेको थियो ।













