सांगीतिक क्षेत्रमा थारु गायक चौधरी तहल्का मच्चाउँदै
रूपन्देही, २८ साउन । रूपन्देहीको शुद्धोधन गाउँपालिका वार्ड न १, सिसै घर भएका थारु गायक सरगम चौधरी सांगीतिक क्षेत्रमा तहल्का मच्चाएका छन् । करिब विगत एक दशकदेखि सांगीतिक क्षेत्रलाई अँगालेका चौधरी हाल सम्म डेढ दर्जन जति थारु गीत गाएर निकै चर्चामा आएका हुन् ।
निकै सुमधुर स्वरका धनी चर्चित राष्ट्रिय थारु गायक श्रीनिवास चौधरी तथा अर्का थारु गायक हरि नारायण थारुबाट प्रेरणा पाएका सरगम चौधरी एक दशक पार गरेका बताएका छन् । गायक चौधरी सर्वप्रथम आजकल इ दिलवाके भन्ने गीतबाट निकै चर्चा कमाएका हुन् । गायक सरगम २०६५ सालमा आईडल टपटेन बन्न सफल भएका थिए । न दिलके खयाल न रातके भन्ने गीतको बोलबाट उनीमा अझ नयाँ आयम थप्पिनुका साथै परिचित बनेका थिए ।
नव प्रतिभाहरू कलाकारीता पेशामा आउने इच्छुलाई एकदमै नयाँ खालका कोशेली लिएर आउनका साथसाथै प्रतिस्पर्धाको जमानानुसार क्षमता सहित सांगीतिक क्षेत्र अँगाल्न पर्ने बताएका छन् ।
र यस क्षेत्रलाई व्यापक बनाउन आम जनसमुदायको निकै महत्त्वपूर्ण भूमिका रहने बताउँदै नव प्रतिभालाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । यसैगरी नव प्रतिभा सांगीतिक क्षेत्रमा लाग्दा आउने चुनौतिलाई सामना गरेर समुदायमा संस्कृति झल्किने देखि लिएर जनचेतना फैलाउने खालका गीत संगित लिएर आउने समेत सुझाव दिने गायक चौधरीले बताए ।













