पत्रकार अचार सहिंता विपरित हुने गतिविधि प्रति महासंघद्धारा ध्यानाकर्षण
धनगढी, २६ साउन । नेपाल पत्रकार महासंघ प्रदेश ७ का अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा बासेको बैठकले पत्रकार अचार सहिंता विपरित हुने गतिविधि प्रति ध्यानाकर्षण गरेको छ ।
साउन २६ गते बसेको बैठकमा प्रदेश समितिका पदाधिकारी सहित यस प्रदेश÷क्षेत्रबाट नेतृत्व गरेका पत्रकार महासंघका पूर्व केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठकले प्रदेश ७ मा पत्रकारिता क्षेत्रको पछिल्लो अवस्थाका बारेमा गम्भिर समिक्षा गरेको विज्ञप्ती मार्फत जनाएको छ ।
केही समय यता यस प्रदेशका विभिन्न जिल्लाहरुमा पत्रकारिता क्षेत्रको मर्यादामाथि आँच पुग्ने घटनाक्रमले हामीलाई गम्भिर बनाएको छ ।
पत्रकार र पत्रकारिता क्षेत्रमाथि विभिन्न कोणबाट अनेक प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हमलाका प्रयास पनि देखिएसंगै सामाजिक संजालबाट पत्रकारिता क्षेत्रलाई बदनामितगर्ने कार्य निरन्तर रहेको विज्ञप्तीमा लेखिएको छ ।
विज्ञप्तीको पूर्णपाठ














