कञ्चनपुर बलात्कार हत्या काण्ड : तुहाउने चलखेलको आशंका

धनगढी, २५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका, २ उल्टाखामकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई तुहाउने चलखेल भईरहेको महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष डा. रेणु अधिकारी राजभण्डारीले बताएका छिन् ।

शुक्रबार धनगढीमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा उनले घटना भएको १६ औं दिन सम्मपनि अपराध गर्ने व्याक्तिको पहिचान खुल्न नसक्नुको पछाडी केही रहस्यले घटना डाईभर्ट भईरहेको आशंका व्याक्त गरिन् ।

उनले घटनाको स्थलगत अनुगमनबाट पीडित परिवारलाई आर्थिक प्रलोभन देखाई राहतमा रोमल्याउन खोज्नु, राजनीतिक चलखेल, मुद्धालाई तुहाउने चलखेल भईरहेको अभाष भएको बताईन् ।

आन्दोलन गर्ने तीन तहका महिला जस्तै स्थानीय तह, मानब अधिकारकर्मी र गृहणी अर्थात आफूलाई आमा भन्नेहरुले मैदानमा उत्रिएको बताए । उनले आन्दोलनको नेतृत्व गर्नेहरु दोषिलाई तत्काल पत्ता लगाई कार्वाहीको माग गर्नुका सट्टा क्षतिपूर्तिको माग गर्नुको पछाडी केही कारणहरु लुकेको हुन सक्ने बताए ।

कार्यक्रममा संजालको केन्द्रीय सदस्य निर्मला बागचन्द कैलाली कञ्चनपुर बलात्कार पछिको हत्याको घटना बढ्दै गईरहेकोले त्रासको बातावरण सृजना भएको बताईन् । दलित महिला अधिकार मञ्च कैलालीको निर्देशक सावित्रा घिमिरे अपराधी पत्ता लगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।

कार्यक्रममा सञ्जालका सचिब बसन्ती चौधरी प्रेस विज्ञप्ती प्रस्तुत गरेका थिईन् । विज्ञप्तीमा प्रहरीको तथ्यांकलाई आधार मानेर नेपालमा एक वर्षको अवधिमा १४ सय ८० बलात्कारको घटना दर्ता भएको उल्लेख गर्दै प्रतिदिन ४ जना महिला रेप भईरहेको घटनाले समग्र महिलाहरुको मन दुखेको बताईन् ।

विज्ञप्ती मार्फात बलात्कार विरुद्धको चार महिने अभियानको कार्यक्रम सार्वजनिक गरिएको छ । अभियान अगष्ट १० देखि डिसेम्बर १० सम्म चलाउने बताईएको छ ।

अभियान हरेक हप्ताको शुक्रबार ११ देखि १२ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने, हरेक महिनाको अन्तिम शुक्तबार ¥याली, प्रदेश स्तरीय महिला अधिकार सामाजिक संघ संस्थाको भेला गरि अभियान संचालन गर्ने बताएको छ ।