‘प्रकाण्डलाई गिरफ्तार गर्नु ओली सरकारको जनविरोध कार्य हो’
धनगढी, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेर सरकारले जनविरोध कार्य गरेको माओवादी केन्द्रको विज्ञप्तीमा लेखिएको छ ।
पार्टीका महासचिव कर्णजीत बुढाथोकीको हस्ताक्षर विहीबार जारी गरिएको विज्ञप्तिमा केपी ओली सरकारले सरकारको प्रबक्ता प्रकाण्डलाई गैर कानूनी ढंकबाट गिरफ्तार गरेर उल्लेख गरिएको छ ।
नेपालको अवस्थालाई हेर्दा एकतिर चरम व्यापार घाटा, माहामारीको रुपमा फैलिएको भ्रष्टचार, बलात्कार, अपहरण जस्ता समस्याले देशलाई नै आक्रन्त बताएको विज्ञप्तीमा लेखिएको छ ।
देश, जनता र वर्गको निम्ति गरिएको राजनीतिक आन्दोलन र उक्त आन्दोलनमा समाहित नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिनुले केपी ओली सरकारको जनविरोध हो ।
नेकपाको पार्टी प्रबक्ता कमरेड प्रकाण्डलगायत अन्य दुई जनालाई गरिएको गैरकानुनी गिरफतारीलाई हाम्रो पार्टी घोर भत्सर्ना गर्दर्छ विज्ञप्तिमा भनिएको छ ।
महासचिव शुसिलले प्रबक्ता प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाईको माग समेत गरेका छन् ।













