आदिवासी जनजाति अगुवाहरुको भनाई : राज्यले हामीलाई हेपेको छ

काठमाडौं, २४ साउन । आदिवासी जनजाति २४ औं विश्व दिवस संविधानमा जनजाती अगुवाहरुले राज्यले आफूलाई हेपेको बताए ।

उनीहरुले अझै अधिकार सुनिश्चित नभएको भन्दै जनजाति चिन्ता व्यक्त गरेका छन् । अन्तरिम संविधानमा दिएको अधिकार पनि नयाँ संविधानमा कटौती गरिएको अगुवाहरुको गुनासो थियो ।

जल, जंगल, जमिनमा अधिकार स्थापित गर्न आदिवासी जनजातिहरु एकजुट भई अघि बढ्नुपर्नेमा उनीको जोड थियो ।

आदीबासी दिवस काठमाडौं, कैलालीको टीकापुर, वीरगञ्ज, सुन्सरी लगायतको स्थानमा मनाई रहेका छन् ।