नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड पक्राउ
काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको स्रोतले बतायो । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको बताईएको छ ।













