मसुरिया बलात्कार काण्डका पाँच जना जेल चलान
धनगढी, २२ सावन । गौरीगंगा नगरपालिका–११ का २० वर्षिया किशोरीको सामुहिक बलात्कारपाछि हत्या भएको अभियोगमा पाँच जनालाई पूर्पक्षको लागि जेल गरिएको छ ।
कैलाली जिल्ला अदालतले गौरीगंगा नगरपालिका–११ शिवपुरको ३० वर्षीय गणेश बडुवाल, सोही ठाउँका २७ वर्षीय मनोज बोगटी, ऐठाको २१ वर्षीय सुरज चौधरी, शिवपुरको २१ वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीलाई पूर्पक्षको लागि कैलाली कारागार चलान गरेको हो । .
कैलाली जिल्ला अदालतका न्यायाधीश बिष्णु प्रसाद अर्यालले भने ‘इजलास पक्राउ परेका पाँचै जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।’ गत असार १२ गते देखि बेपत्ता भएकी किशोरीको शव असार १५ गते गौरीगंगा नगरपालिका–११ चपरथली सामुदायिक वनमा फेला परेको थियो ।
अनुसन्धानपाछि किशोरीको बलात्कार गरि हत्या भएको खुलिएको थियो ।













