दिगो बिकास लक्ष्यको सुचकलाई कानूनमा समाबेस गर्छु : मुख्यमन्त्री
धनगढी, २२ साउन । दिगो बिकास लक्ष्यको १६ नम्वरमा रहेको न्यायमा पँहुच सूचकलाई कानुन र व्यवहारमा प्रयोग गर्न दवाव दिनका लागि ल्यानकाउ नेपालले मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिवेदन बुझाएको छ ।

दिगो बिकास लक्ष्यमा १७ वटा सुचक रहेका छन् । जस मध्ये १६ नम्वरमा रहेको न्यायमा पहुच सूचकलाई पाँच महिना पहिले सात नम्बर प्रदेशका ९ वटै जिल्लाका सम्बन्धित सरोकारवाला निकायसंग छलफल गरि प्रतिवेदन तयार पारेको थियो ।
ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचन्दले पछाडि परेका र न्यायमा पँहुच नपुगेका समुदायका हक हितका लागि सो प्रतिवेदन बुझाएको बताए ।
मुख्यमन्त्री भट्टले प्रदेश नं. सात यो बिषयमा सचेत भएको बताउदै १६ नम्बरमा रहेको बुँदा न्यायमा पँहुचलाई कानुनमा समाबेस गर्ने बताए ।













