अपहरित ११ वर्षीय बालकको हत्या

३० लाख फिरौती माग्ने दुई अपहरणकारी प्रहरीको इन्काउन्टरमा मारिए

काठमाडौं, २१ साउन । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

ठिमी नगरपालिका स्थित एक घरभित्र हत्या गरिएको अवस्थामा निशान खड्काको शव सोमबार दिउँसो १२ बजे भेटिएको प्रहरीले बताएको छ ।

अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए । खड्काका परिवारले ३० लाख दिन सकेका थिएनन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा फिरौती माग्ने अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।

भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले बताए ।