थारू छात्रवासमा वृक्षारोपण
धनगढी, २० साउन । सिकलसेल राष्ट्रिय जागरण दिवसको अवसरमा थारू छात्रवासमा वृक्षारोपण गरिएको छ ।
थारु कल्याणकारिणीको अगुवाईमा आईतबार थारु नागरिक समाजले लिचि र पकरिया रोपेर वृक्षारोपण गरेका हुन् ।
रुख रोप्नु स्वास्थ्य जिवन बनाउनु हो, त्यसैले छात्रबासको प्राड्डणमा खाली जमिनमा रुख रोपिएको बताउछन् थारु कल्याणकारिणी सभाका सचिब माधब चौधरी ।
उनले रुखले दिने अक्सिजन मात्रै होईन शितलता पनि हो । त्यसैले छाहरीको लागि पनि रुख रोपिएको बताए ।
त्यसै गरि थारु नागरिक समाजका संयोजक दिल बहादुर चौधरीले सिकलसेलबाट ज्यान गुमाएकाहरुको सम्झनामा वृक्षारोपण गरिएको बताए । उनले यो दिन ऐतिहाशिक दिन भएपनि राज्येले यो दिनलाई स्थान दिन नसकेको बताए ।
सिकलसेल नेपालका अध्यक्ष सुरेश कठरियाले आजको दिनलाई राज्य दिवसको दिन भनेर सरकारी क्यालेन्डरमा नै उल्लेख गर्नुपर्ने माग राखे । उनी आफै पनि सिकलसेल प्रभावित भएको बताउदै राज्येले आउदो वर्ष आजको दिनलाई सिकलसेल राष्ट्रिय जागरण दिवसको रुपमा मनाओस् भनि आग्रह गरे ।
बृक्षारोपणमा अधिवक्ता जोहारीलाल चौधरी, थाकसका नगर अध्यक्ष गोठुराम चौधरी, थारु पत्रकार संघका केन्द्रीय सचिब इन्द् चौधरी मुक्तिक डगरका कार्यकारी सम्पादक उन्नती चौधरी रहेका थिए ।













