क्रान्तिकारी पत्रकार संगठनको जिल्ला अध्यक्षको घर पहिरोले पुरियो, छोरी बेपत्ता

जाजरकोट, २० साउन । क्रान्तिकारी पत्रकार संगठन नेपालका जाजारकोट अध्यक्ष तिर्थ बोहरासहित तीन जनाको घर पहिरोले पुरिएको छ ।

शनिबार रातिदेखि आएको अविरल वर्षासँगै आइतबार विहान जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिका–३ ठाँटीबजार नजिकै गएको पहिरोमा पुरिएको हो । पहिरोबाट बोहरा र उनकी पत्नीको उद्दार गरिएपनि एक छोरा एक छोरी भने वेपत्ता भएका छन् । पहिरोले सँगै रहेका अन्य दुई घर पनि पुरेको छ ।

उद्दार कार्य जारी रहेकोले के कति क्षति भयो भन्ने एकिन हुन नसकेको घटनास्थलमा रहेको पत्रकार दिपबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार अध्यक्ष बोहरा अचेत अवस्थामा रहेका छन् ।