कृषि औजार र बिउ बिजन वितरण
धनगढी, १९ साउन । शनिवार धनगढी उप–महानगरपालिका वडा नं ८ स्थित गौरीपुरका कृषकहरुलाई कृषि औजार र बिउ बिजनबितरण गरिएको छ । धनगढी उप–महानगरपालीकाको अनुदान सहयोगमा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारी खेतीपकेट क्षेत्रका किसानहरुलाई नगरप्रमुख नृपबहादुर वडले कृषि औजार र बिउ बिजन वितरण गरेका हुन । धनगढी उप–महानगरपालीकाले स्थानीय कृषि विकास सहकारी संस्थालाई उपलब्ध गराएको अनुदान रकम ३ लाखबाट कृषि औजार र बिउ बिजन खरिद गरिएको हो ।
कृषिलाई धनगढी उप–महानगरपालीकाले प्राथमिकतामा राखेर कामगरिरहेकाले ब्यावसायीक रुपमा कृषि पेशामालागे नगरपालिका थप सहयोग गर्न तयार रहेको नगरप्रमुख वडले बताए ।
उनले भने फुर्सदको समयमा करेसाबारीमा काम गर्नुहोस् बेच्न नसके पनि आफु खानलाई तरकारी फलाउन सकिन्छ । नगरप्रमुख वडले ब्यावसायिक रुपले तरकारी खेती गरे कामका लागि बिदेशिनु नपर्ने बताए ।
अहिले भारतीय नागरिकहरुले हाम्रा नदिका बगरमा तरकारी खेती गरिरहेका छन् तर हामी कामकालागि भारत जादैछौं । धनगढी उपमहानगरपालीका ९ का अध्यक्ष प्रेमबहादुर भण्डारीले कृषि औजार र बिउबिजन प्रयोग गरे नगरेको अनुगमन गरिने बताए ।
उनले भने राम्रो गरेमा फेरीपनि सहयोग गरिन्छ होईन भने अर्को पटक अर्को समुहलाई सहयोग गरिन्छ । कृषि औजार अन्तरगत पानी तान्ने मोटर, हजार, कुटो, कोदालो लगायत बिभिन्न तरकारीका बिउहरु उपलब्ध गराईएको छ ।













