बलात्कारीलाई हदै सम्मको कार्बाहीको माग गर्दै अधिकारकर्मीद्धारा विरोध ¥याली

धनगढी, १९ साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिय बालिका बलात्कारपछि हत्या भएको घटनाको सहि तरिकाले अनुसन्धान गरि अपराधीलाई हदै सम्मको कार्बाहीको माग गर्दै महिला मानब अधिकारकर्मीहरुले बृहत ¥याली निकालिएका छन् ।

शनिबार धनगढीको ट्राफिक चौराहादेखि निकालिएको ¥याली जिल्ला प्रशासनको गेटमा समापन भएको थियो । ¥यालीमा बलात्कारीलाई हदै सम्मको कार्बाही गर, रेप होईन सेभ गर, महिला सुरक्षा कायम गर, लैगिंक हिंसा बन्द गर जस्ता नारा लगाएको थिए ।

कोण सभामा संस्थागत तर्फबाट दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले घटनाको सत्य तथ्य छानविन गरि छिटो भन्दा छिटो अपराधीलाई हदै सम्मको कार्बाहीको माग गरिन् ।

उनले नेपालमा बनेका कानून परिमार्चन गरि दोषीलाई आजिवन काराबास हुने व्यवस्था लागु गर्न सरकारसंग अनुरोध गरिन् ।

त्यसै गरि महिला मानब अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष निर्मला बाग्चन्दले महिला घर भित्र होस् वा बाहिर कहि पनि सुरक्षित भएको अभाष गर्न नसकेको बताउदै राज्यले तुरुन्त कानून परिमार्जन गरि पीडितलाई न्यायओचित हुने कानून निर्माण गर्न आग्रह गरिन् ।

कार्यक्रममा फाया नेपालका कार्यसमिति सदस्य गोमा आर्चायले कोण सभाको सहजिकरण गरेकी थिईन् । ¥यालीमा सयौं महिलाहरुको सहभागिता रहेको थियो ।