महिला मानब अधिकारकर्मीद्धारा स्थलगत अनुगमन

धनगढी, १८ साउन । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया बालिका बलत्कारपछि हत्या भएको घटनाका महिला मानब अधिकारकर्मीहरुले स्थलगत अनुगमन गरेका छन् ।

शुक्रबार धनगढीबाट पाँच जनाको टोली कञ्चनपुर पुगि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी, जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र पीडित परिवारसंग भेटेर छलफल गरेका थिए ।

अनुगमनमा कैलालीबाट क्रियाशिल पत्रकार महिलाका अध्यक्ष उन्नती चौधरी, उपाध्यक्ष अमिता कुँवर ओरेक नेपालका संयोजक विनु राना महिला मानब अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष निर्मला बागचन्द फाया नेपालका जिल्ला कार्यसमिति गोमा आचर्य र कञ्चनपुरबाट नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष विष्णु अवस्थी पत्रकार र अम्बदत्त तिवारी घटना स्थल पुगेका थिए ।

अनुगमनमा स्थलगत पुगेको टोलीले घटना बारे बृह्रत अनुसन्धान गरि पीडितलाई छिटो भन्दा छिटो न्यायोचित न्यायको अभाष दिलाउन प्रशासनसंग आग्रह समेत गरेका थिए । उनीहरुले दोषी जो कोही भएपनि हदै सम्मको कार्बाहीको माग समेत गरेका थिए ।

पीडित परिवारले घटनाको शुरुवाटमै प्रहरी प्रशासनको एकदमै लापरबाही रहेको संकेट दिए । बलात्कार गरि हत्या भएको घटनालाई गम्भिररुपले लिन नसकेको परिवारको आरोप थियो ।

उता जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले कञ्चनपुरमा यस्तो गम्भिर घटना पहिलो पटक घटेको बताउदै घटना भएको ९ दिन सम्म पनि दोषी पत्ता लगाउन नसक्दा प्रहरीले आफैलाई लज्जित भएको अनुभूति भईरहेको बताए ।

उनले घटना अनुसन्धानकोलागि राष्ट्रिय अनुसन्धान टोली कञ्चनपुरमा पुगेको जानकारी दिए ।

त्यसै गरि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कले दोषी जो कोही भए पनि कानूनी कडघरामा उभ्याएरै छोड्ने बताए । उनले सुरक्षाको पुरै शक्ति त्यही घटनामा खटिएको जानकारी दिए ।

जनतालाई सुरक्षा प्रदान गर्न मूख्यमन्त्री भट्टको निर्देशन

प्रदेश नम्वर ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा निकायका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।

कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखाम घर भएकी १३ बर्षिया बालिकाको बलत्कारपछि हत्या गरिएपछि मुख्यमन्त्री भट्टले सुरक्षा अबस्थाबारे जानकारी लिएका हुन् ।

कैलाली र कञ्चनपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई कार्यालयमै बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।

कैलाली र कञ्चनपुरमा दिन प्रतिदिन हत्या, बलत्कार, चोरी, किर्ते ठगी लगायतका घटनाहरु बढ्न थालेपछि सुरक्षा अबस्थाको बारेमा ख्यमन्त्री भट्टले सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिए ।

जनताको जिउ धनको सुरक्षा गर्नु, प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उनले सुशासन र शान्ती सुरक्षा कायम गर्न सुरक्षा यन्त्रलाई
चनाखो भइ काम गर्न निर्देशन दिए ।

दिनप्रति दिन हत्या र किशोरीमाथि बलत्कारका घटना भई रहेको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न मुख्यमन्त्री भट्टले निर्देशन दिए ।