पत्रकार धानुकमाथि आक्रमण, घटनाप्रति संघ संस्थाको विज्ञप्ती मार्फत भत्र्सना
धनगढी, १८ साउन । दिनेश एफएमका तातो बहस कार्यक्रम सञ्चालक नवराज धानुकमाथी बिहिबार साँझ धनगढीमा आक्रमण भएको घटना प्रति विभिन्न संघ संस्थाले विज्ञप्ती मार्फत भत्र्सना जनाएको छ ।
कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहले धानुकलाई गालीकलौज गर्दै धनगढीको एलएनचोकमा कुटपीट गरेका थिए । अध्यक्ष सिंहले पत्रकार धानुकले आफू विरुद्ध सामाजिक सञ्जाल, फेसबुकमा स्टाटस लेखेको भन्दै उनी माथि आक्रमण गरेको थियो ।
धानुक माथि भएको आक्रमण सिंगो प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, नेपाल पत्रकार महासंघ प्रदेश नं. ७, क्रियाशिल पत्रकार महिला शाखा कैलाली, दिनेश एफएम, एसटिएस, जनमोर्चा नेपाल, इन्सेक कार्यालय, ब्रोडकाष्टीड्ड एसोशिएसन अफ नेपाल (बान) फोनिज कैलाली लगायतले प्रेस विज्ञेप्ती जारी गरि घोर भत्र्सना गरेको छ ।
कैलालीमा एक पछि अर्को गर्दै पटक पटक कलम चलाएकै कारण पत्रकार माथि आक्रमण हुनु प्रेस माथिको ठाडो हस्तक्षेप भएको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा राज्यको चौथो अंग माथि यसरी दिनदहाडै आक्रमण गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कडा कार्बाहीको माग समेत गरिएको छ । धानुकको टाउको र हातमा चोट लागेको दिनेश एफएमको स्टेसन म्यानेजर अमिता कुँवरले बताईन् ।
केही महिना अगाडी मात्रै एसटिएसका सामाचार प्रमुख लोकेन्द्र विष्टमाथि पनि सामाचार लेखेकै कारण आक्रमण गरिएको थियो । जुन घटनामा पनि विभिन्न संघसंस्थाले विज्ञप्ती प्रकाशन गरि पत्रकारलाई सुरक्षित भएर काम गर्ने वातावरण सृर्जना गर्न राज्यको दायित्व रहेको बोध गराएको थियो ।
विगतदेखि आक्रमणमा परेका पत्रकारहरुलाई विभिन्न संघ संस्थाको विज्ञप्तीले सान्तवनाको अनुभूति दिलाएपनि पुनः त्यस्तो घटना नदोहोरिन राज्यले दोषीलाई तुरुन्त कार्बाहीको लागि पहल चालोस् भन्ने आम सञ्चारकर्मीहरुको अपेक्षा रहेको छ ।













