बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई पक्राउ
धनगढी, १७ साउन । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ वर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको रामबहादुर थापा बादलले बताउछन् तर प्रहरीले घटना अनुसन्धानमा हाल सम्म कुनै प्रगति हुन नसेको बताउछ ।
पीडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको गृहमन्त्री थापाले जानकारी दिए ।
साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षकी किशोरीलाई बलात्कारपछि हत्या भएको घटना हो भन्दै परिवारले प्रहरीमा उजुरी दिएको थियो । यस घटनाको विषयमा बिहीबार संसदमा जानकारी गराउँदै मन्त्री थापाले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताए ।
तर घटना अनुसन्धानमा हाल सम्म कुनै प्रगति हुन नसेको बताउछन् कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी । अहिलेसम्म दोषी पत्ता नलागेको बताउदै काठमाडौमा कसरी सूचना प्रवाह भयो हामीलाई थहाँ छैन । हामी अहिले सम्म कसैलाई पक्राउ गर्न सफल भएका छैनौं, सेठीले भने ।
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने निर्मला ट्युसन पढ्न गएकोमा नफर्किएपछि परिवारले त्यसै दिन राति १० बजे प्रहरीलाई खबर गरेका थिए । उनको शव उखुबारीमा भेटिएको थियो ।
बलात्कारपछि हत्या गरेको हत्यारालाई कारवाहीको माग राख्दै देशभरि नै अधिकारकर्मी, विद्यार्थी र राजनीतिक दलले प्रर्दशन गरेका छन् । साथै विभिन्न संघ संस्थाले कलिलै उमेरमा ज्यान गुमाएकी किशोरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो सम्बेदना प्रकट गरेका छन् ।













