सेवा केन्द्रको पदभार ग्रहण
कैलाली, १६ साउन । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको १६औं साधारण सभाबाट जनकराज पाण्डेको अध्यक्षतामा भएको कार्यसमिति सदस्यहरुको पदभार ग्रहण भएको छ ।
साउन १२ गते सम्पन्न भएको साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सदस्यहरुको बुधबार पदभार ग्रहण भएको हो ।
सेवा केन्द्रको सभा कक्षमा भएको पदभार कार्यक्रममा कुवेरबहादुर शाहीलाई उपाध्यक्षको जिम्मेवारी दिईएको छ । यस्तै, उपाध्यक्ष (महिला) को जिम्मेवारी दुर्गा मल्ल र कोषाध्यक्षको जिम्मेवारी खड्कबहादुर स्वाँरलार्ई दिईएको छ ।
यस्तै, भिम चौधरीलाई सदस्यमा मनोनित गर्दै सचिवको जिम्मेवारी दिईएको छ भने दुर्गादेवी जोशीलाई सदस्यमा मनोनित गर्दै सह–सचिवको जिम्मेवारी दिईएको छ । लोक भट्टलाई भने सदस्यमा मनोनित गरिएको छ ।
टंकप्रसाद जोशी, गंगबहादुर शाह, इश्वर सिंह, अर्जुनबहादुर खड्का, धनबहादुर शाही र छेदालाल चौधरी यस अघि नै सदस्यमा निविरोध निर्वाचित भैसकेका छन् ।
निर्वाचित सदस्य र पदाधिकारीलाई निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा सेवा केन्द्रका संस्थापक अध्यक्ष मदनराज पाण्डेय, निवर्तमान अध्यक्ष जगतबहादुर बम र ऐश्वर्य वहुमुखी क्याम्पसका प्राचार्य धर्मदेब भट्टले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बि.स. २०५७ सालमा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरमा दुई सय ५५ आजिवन सदस्य रहेका छन् ।
सेवा केन्द्रमा असईको कमाण्डमा रहेका प्रहरीले समाजमा हुने अपराधिक क्रियाकलाप रोक्न सक्रिय रुपमा रहेका छन् । सेवा केन्द्रले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ र ६ मा सेवा दिईरहेको छ ।













