कैलारी गाउँपालिका परियोजना सल्लहाकार समिति गठन

हसुलिया, १२ साउन । दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिका परियोजना सल्लहाकार समिति गठन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा १७ सदस्यी समिति छनौट गरिएको हो ।

दलित महिला अधिकार मञ्चले विगत एक वर्षदेखि सो गाउँपालिकाको विभिन्न वडाहरुमा काम गर्दै आईरहेकोले परियोजनालार्ई अझ प्रभावकारी बनाउन सो समिति गठन गरेको हो ।

समितिमा गापाका अध्यक्ष, कार्यपालिकाल ३ जना, विषयगत समितिका ३ जना, ९ वटा वडा अध्यक्ष, संस्थागत प्रतिनिधि र १ ईलाका प्रहरी लाई समितिमा राखिएको छ ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सावित्रा धिमिरेले नव गठित समितिले अ आफ्नो ठाँउमा रहेका सवाल पहिचान गरि परियोजनालाई सफल बनाउन सहयोग गर्ने अपेक्षा रहेको बताईन् ।

उनले कैलारी गाउँपालिकालाई नमूना गापा बनाउन संस्थाले पुर्णरुपले सहयोग गर्ने बताईन् । कार्यक्रममा गाउँपालिकामा बनेका कानूनलाई हाते पुस्तिका बनाई प्रत्येक वडामा पुर्याउने, प्रत्येक वडामा नागरिक वडा पत्र बनाउने, सिमान्तकृत समुदायलाई आरन व्यवसायी र कुखुरा फर्म व्यवसायीको लागि आर्थिक सहयोग विषयमा छलफल भएको थियो ।

गाउँपालिका भित्र बालबिबाह महिला हिंसा, लागुपदार्थ तथा दुव्र्यसनी कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।