महेन्द्रनगरमा फेरी १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या
महेन्द्रनगर, ११ सावन । महेन्द्रनगरमा १३ वर्षिया बालिकाको विहीबार बलात्कारपछि हत्या भएको छ ।
भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिकाको उनकै घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बताबुझिएको छ । हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ।
घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरि फालिएको अवस्थामा शव भेटिएको हो ।
बिहीबार मध्यान्ह १२ बजेतिर घरबाट साथीकोमा जान भनेर हिडेँकी बालिका साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए। उनको सडक नजिकै खोला किनारमा साइकल र किताबकापी फेला पारेपछि नजिकै खोजतलास गर्ने क्रममा शुक्रबार बिहान उखुबारीमा शव भेटिएको हो।
साँझसम्म समेत खोजतलास गर्दा नभेटिएपछि रातिको समयमा परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले राति खोजतलास नगरि प्रहरीले शुक्रबार बिहान खोजतलास गरेको थियो ।
प्रहरीले एक जना शंकास्पद युवकलाई नियन्त्रणमा लिईएको बताइएको छ । बालिका स्थानीय सरस्वती मावि खोल्टीमा कक्षा ९ मा अध्ययनरत थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले घटनाकाबारेमा तीब्र अनुसन्धान अघि बढेको बताए ।
उनले एकजनालाई जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेका बताउदै अहिले नै कसले हत्या गरेको भन्ने नखुलेको बताए ।
घट्नापछि स्थानीयवासीहरु आक्रोशित भएका छन्। उनीहरुले दिनप्रतिदिन अपराध बढ्दै गएपनि प्रहरी प्रशासनले ध्यान दिन नसकेको आरोप लगाएका छन् ।
कञ्चनपुरमा दुईसाता अघि समेत कृष्णपुरमा एक १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको थियो भने कैलालीमा पनि एक महिना अघि एक किशोरीको बलात्कारपछि हत्या भएको थियो ।













