२१ औं शताब्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्ने

काठमाडौं, ११ साउन । आज २१ औं शताब्दीको सबै भन्दा लामो चन्द्र ग्रहण लाग्ने भएको छ । यो ग्रहण राति २ बजेर ९ मिनेटबाट सुरु भई १ घण्टा ४३ मिनेटको हुने छ । चन्द्र ग्रहण ४ बजेर ४ मिनेटसम्म लाग्ने विज्ञको भनाईछ ।

चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ । यसलाई वैज्ञानिकहरुले ‘ब्लड मुन’ पनि भनिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ ।

तर नेपालमा चन्द्र ग्रहणलाई अशुभको रुपमा लिइन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ ।