कञ्चनपुरमा ९ वर्षिया बालिका बलात्कृत
धनगढी, ११ साउन । कञ्चनपुरमा फेरी ९ बर्षीया दलित बालिका बलात्कृत भएकी छिन् ।
देशमा बलात्कारको घटना दिन प्रति दिन बढ्दै गईरहेको छ । कैलालीको घटना सेलाउन नपाउदै फेरी साउन ४ गते कञ्चनपुरमा एक बालिका बलात्कृत हुन पुगिन् ।
बालिका हाल सम्म पनि आफै हिडडुल गर्न सक्ने अवस्थामा नरहेको पीडितको भनाई छ । उनको उपचार भईरहेको छ ।
कैलाली जिल्ला स्तरीय मानव अधिकार निगरानी समुहमा पीडित बालिकाको बाजे बज्यै यहि १० गते न्यायको पहलको लागि गुहार गरेका छन् ।
पीडितका अनुसार ४ गते ३ जना बालिका महिला गौरी फन्टा बजारबाट किनमेल गरेर आउने बेला स्थानीय सलिम अन्सारी नामको एक व्याक्तिले ‘म तिमीहरुको बाबालाई राम्रोसंग चिन्छु,’ भन्दै बालिकाहरुलाई मोटरसाईकलमा बसालेर नजिकैको जंगल छेउमा लगेर बलात्कार गरेको बताईन् ।
उनीहरु कराउन थालेपछि पीडित बालिकाको बज्यै घटना स्थल पुगि मोटर साईकल सहित पीडकलाई फेला पारेको बताईन् ।
बालिकाहरुलाई बचाउदै जाने क्रममा बज्यैलाई पनि हातपात गरेको पीडितको भनाई छ । पीडक मोटरसाईल लिएर भागेको उनले जानकारी दिए ।
पीडित घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताए । पीडित बालिकाको सेतीअञ्चल अस्पतालमा घाउ चेकजाँच र औषधी उपचार गरेको पीडितको भनाई छ ।













