बाजुरामा दलित महिला बलात्कृत

बाजुरा, १० साउन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका एक दलित महिला साउन ३ गते राती बलात्कृत भएकी छिन् ।

उनी राती घरमा सुतिरहेकी अवस्थामा घरबाट उठाएर नजिकको बाँ झारीमा लगेर बलात्कार गरेको पीडिकको भनाईछ ।

उमेरले पीडित महिला ३५ वर्ष मात्रै रहे पनि एकल महिला हुन् । महिलालाई २३ वर्षिय दिर्घ खड्काले राती ९ः३० बलात्कार गरेको पीडितको भनाई छ ।

पीडित महिलाको छोरा बुहारी भए पनि उनी एक वर्ष अगाडीदेखि नै एक्लै बस्दै आएकी छिन् । उनी गाँउमा ज्याला मजदुरी गरि गुजारा गर्दै आएको बताइएको छ ।

महिला न्याय खोज्दै स्थानीय न्यायक समितिमा जाँदा निबेदन दर्ता गर्न नमानेको पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको बताईन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सागर बोहराले पीडक खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताए । साउन ५ गते जाहेरी लिई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको उनले बताए ।

आर्थिक अवस्थाले कमजोर र बेसहारा भएकोले पीडित महिलालाई मार्तडी सेभ हाउसमा राखिएको प्रहरीको भनाई छ ।