गुरही चोकमा भ्वाँग पर्दा दुर्घटना हुने सम्भावना

धनगढी, ९ साउन । धनगढी उप–महानगरपालिका–८ स्थित गुरही चोक (कैलाली बहुमुखी क्याम्पस जाने बाटो) मा भ्वाँग परेको हप्तौ दिन भई सक्दा पनि मर्मतको लागि सरोकारवालाको समयमै ध्यान जान सकेको छैन ।

दैनिक हजारौं जनाको ओहोर दोहोर हुने बाटोमा भ्वाँग पर्दा पनि मर्मत सम्भारकोलागि ध्यान जान सकेन् ।

कैलाली बहुमुखी क्याम्पस जाने विद्यार्थी साँझा विहान त्यही बाटो भइर जाने र फूलबारी बसपार्क जाने बाटो समेत रहेको गुरही चोकमा परेको भ्वाँगलाई टाल्ना कुनै चासो नदिदा दुर्घटना निम्टन सक्ने सम्भावना बढ्दै गएको स्थानीय व्यापारी राधा चौधरीले बताईन् ।

धनगढीको गुरही चोकदेखि कैलाली बहुमुखी क्याम्स हुदै जाखोर ताल रोड शहरी संघन विकास कार्यक्रम अन्र्तगत सडकको स्तरोन्नती हुदै आएकोले स्थाईरुपमा नबनाएको वडा नं. ८ वडा अध्यक्ष नरायण प्रसाद बरालले बताए । उनले भ्वाँग परेको प्वालाई ताल्ने बारे छलफल भईरहेको बताए ।

कैलाली बहुमुखि क्याम्पस जाने बाटोको सडक पेटीको नालीमा बनाएको कल्भटमा भ्वाँग परेको छ ।