गाउँकै केटासंग मिलेर श्रीमतिले गरिन् श्रीमानको हत्या
धनगढी, ८ साउन । कैलालीको भजनी नगरपालिका– ९ भुरुवाकी एक महिलाले गाउँकै एक केटाको सहारामा श्रीमानको हत्या गरेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार श्रीमति निर्मला राजीले गाउँकै केटा दिलिप राजीसँग मिलेर आफ्नो श्रीमान नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।
यहि साउन ४ गते देखि नन्दु घरमा नआएको देखेपछि गाउँलेहरु निर्मला माथि आशंकाको आधारमा नन्दुलाई खोजी गरिएको थियो । घटना हुनु पुर्व दिलिप राजी पनि नन्दुको घरमा आउने जाने हुने भएकोले दुबैलाई घरमा नदेखेपछि अनुसन्धान गर्ने क्रममा निर्मलाले लास भएको ठाँउ देखाइएको घिमिरेले जानकारी दिए ।
उनले प्रारम्भिक अनुसन्धानले निर्मला र गाउँको केता दिलिप मिलेर नन्दु राजीको हत्या गरेको बताए । शव घर नजिकैको जंगलमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको उनले बताए । शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको थियो ।
मृतक राजी साउन ४ गते हराएको भएपनि हालसम्म हराएको भए पनि हाल सम्म उजुरी नपरेको एसपी घिमिरेले बताए । निर्मला र दिलिप दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए । नन्दुको लास पोस्टमार्तमको लागि टीकापुर अस्पताल लगेको जानकारी दिए ।













