गाउँलेको अवाज : बलात्कारी कुनैपनि हालतमा उन्मुक्ति नपाओस् !

धनगढी, ८ साउन । असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलालीका २१ वर्षिय किशोरीलाई सामुहिक बलात्कार गरेर हत्या भएको थियो । किशोरीको असार १५ गते चपरथली सामुदायक बनमा लास फेला परयो ।

धनगढीबाट सोही गाउँमा ससुराली गएका एक यूवाले जंगलबाट लास नजिकै साईकल फेला पारेपछि किशोरीका आफन्तले लाश खोज्दै जाँदा साईकल भटिएको १ किलो मिटर पर अर्ध नंगन अवस्थामा लास फेला परेको थियो ।

गाउँभरिका मान्छे जंगलमा लास खोज्दै जाँदा मनोज बोगटी नामको एक युवाक पनि संगसंगै रहेको पीडित आफन्तको भनाईछ । पीडित किशोरीको बुवाले भने ‘प्रहरीको अनुसन्धानमा कहि कतै फेल नखाओस्, हामीले संका गरेको व्याक्ति माथि प्रहरीले न्यायपूर्ण अनुसन्धान गर्छ भन्नेमा ढुक्छौं ।’

‘मनोज भन्ने यूवाकले लास फेला परेपछि हामीलाई हल्ला नगरौं भन्दै ठम्ठ्म्याउन खोज्दै थियो । म रुदै दोषीलाई मेरो छोरीको हालत गर्छु भन्दा उसले लास फेला पर्यो किन लम्बयाउने भन्दै हामीलाई सुमसुमाउन खोज्दै थियो, मैले भक्कानिएर यो मेरो छोरी हो ! मेरो छोरीको यस्तो अवस्था बनाउनेलाई कुनै पनि हालतमा छोड्दैन भन्दा उ विस्तारै त्याहाँबाट बिलायन भयो ।’

पीडित परिवार सोही दिन बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटना प्राकृति हेरेर बलात्कार गरि हत्या भएको हुन सक्ने आशंकामा २० जनालाई अनुसन्धानको लागि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । जसबाट प्रहरीको अन्सन्धानले हाल पाँच जना अनुसन्धानमै जिल्ला प्रहरी कार्यालयमा थुनिएको जिल्ला प्रहरी कार्यालयका डिएसपि हरिबहादुर वलीले जानकारी दिए ।

उनले पीडित किशारीको मोबाईलको सिग्नल मनोज बोगटीको घरमा देखाइयो र सिंगनलअनुसार प्रहरीले खोज्दै जाँदा उ व्याक्ति भागेर भारत पुगेको बताए । प्रहरीले विभिन्न विधि अपनाएर मनोजलाई झिकेको उनको भनाई छ ।

पक्ताउ पर्ने गौरीगंगा नगरपालिकाका ३० वर्षिय गाणेश बडुवाल, २७ वर्षिय मनोज बेगटी, २१ वर्षिय सुरज चौधरी, २० वर्षिय भुवन खाती र १९ वर्षिय तपेन्द्र बोगटी रहेका छन् ।

उनीहरुको वयान अनुसार किशोरीलाई गणेश बडुवाल मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । किशोरीकै कपडाले हात खुट्टा बाँधेर चार जनाले सामुहिक बलात्कार गरेको बयान खुलासा भएको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । किशोरीलाई बलात्कार गर्नेबेला मुखभरि कागज कोचिएको कारण उनलाई साँस फेर्ना गाह्रो भएको बयान खुलेको घिमिरेले बताए ।

बलात्कार गर्ने तेस्रो व्याक्ति सम्म लगतार किशोरी माथि बलात्कार भयो, चौथो व्याक्तिले बलात्कार गर्ने क्रममा किशोरीले प्राण त्यागेको थुनुवाहरुले अनुसन्धानको क्रममा बयान दिइएको धिमिरेले बताए ।

किशोरी गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत भएको केही दिन मात्रै भएको थियो । तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी यूवति एका एक बेपत्ता भएकी थिईन् ।

कैलालीमा एक पछि अर्को हुदै पटक पटक यस्ता घटनाहरु दोहोरिदै गईरहेको भन्दै बलात्कार गर्ने जो कोहीलाई मृत्यू दण्डको सजाइ हुनु पर्ने किशोरीका आमाले सरकारसंग माग गरेकि छिन् ।

उनी आँशु झार्दै भन्छिन् ‘हाम्रो गाउँ सिंगो दलित समुदायको बस्ती हो । यो गाउँमा अहिले सम्म एसएलसी पास गरेका कोही छैन् । छोरी पास हुँदा गाउँ भरि मिठाई बाडियो, छोरी पढाउनकै लागि कुबेत सम्म पुगे ! तर सपना सारा हुरीले उडायो !’

त्यस्तै किशोरीका गाउँलेहरुले भने ‘हाम्रो छोरीलाई बलात्कार गरेर हत्या गर्ने अपराधीलाई हदै सम्मको कर्बाही होस्, यदि उनीहरु कर्बाही नभोगिकन छुट्छन् भने फेरी अर्को छोरीलाई बलात्कार नगर्ला भन्ने छैन । जसले गर्दा प्रहरीको अनुसन्धान न्यायपूर्ण होस् ।’

‘गाउँ घरमा थुनामा रहेकाहरुलाई छुटाउनको लागि पीडकका आफन्तले राजनीतक दलका नेताहरुलाई गुहारीरहेको सुनिन्छ, यदि उनीहरु राजनीतिक संरक्षणमा एक जनापनि छुट्उने प्रयास भयो भने कानूनलाई हातमा लिई सारा गाउँ अदालत जान तयार छौं।’ गाउँलेहरुले भने ।
पीडितका बुवाले भने ‘यो बस्ती बसेको दशकौ भईसक्यो तर यस्तो घटना कहिलै भएको थिएन । हामीलाई कानूनको बारेमा केही जानकारी छैन । हाम्रो माथिल्लो तह सम्म पहुँच पनि छैन । हामी प्रहरीको अनुसन्धानप्रति ढुक्क छौं, हामीलाई कुनै बहानामा अन्याय नहोस’् भनि आग्रह गरे ।

उता जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपि वलीले पीडित परिवारलाई न्याय दिलाएरै छोड्ने प्रतिवद्धता जाहेर गरे । उनले भने ‘हामी गहन अनुसन्धानबाट पाँच जनालाई थुनिएका छौं । उनीहरुलाई जस्तो ठूलो नेता आएर छुटाउन खोजे पनि माफि दिदैनौं, दोषि कुनै हालतमा छुट्दैन ।’

अनुसन्धानको क्रममा कस्ले कति अपराध गर्यो उ अपराध अनुसारको सजायको भागेदार हुन्छ । एउटा किशोरी माथि सामुहिक बलात्कार पछि हत्या भएको घटनामा हामी हेछौं, कि कस्को तागत छ दोषीलाई बचाउने ! यस्तो जनघन्य अपराध फेरी नदोहोरियो भन्ने उदेश्यका साथ हामी हाम्रो अनुसन्धानलाई सफल पाछौं । पीडितले न्याय पाउँछ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आफू कैलाली आउँदा एक पछि अर्को गर्दै थुप्रै जनघन्य अपराधका घटनाहरु भईरहेको रिपोटिंग सुन्नमा आएको दुख व्यक्त गरे । उनले त्यहाँका मान्छेलाई दिउँसो मात्रै होईन रातीको समयमा पनि सुरक्षित भएको अनुभूति दिलाउन सुरक्षा निकायसंग समन्वय गरिरहेको जानकारी दिए । सो क्षेत्रमा चाँडै नै प्रहरी पोष्ट राख्ने प्रयत्न भईरहेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

कैलाली जिल्लामा पछिल्लो अवस्थामा हत्या हिंसा, बलात्कार जस्ता घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७३/०७४ मा झुण्डिएर आत्मा हत्या गरेका १ सय १६ जना, विष सेवन गरि ४८ जना, जबरजस्ती करणी उद्योगमा ८ जना र जबरजस्ती करणीमा ३० जनाको तथ्यांक रहेको छ ।

त्यसै गरि आर्थिक वर्ष २०७४/०७५ मा झुण्डिएर आत्मा हत्या गरेको १ सय २८ जना, विष सेवन गरि ७३ जना, जबरजस्ती करणी उद्योगमा २५ जना र जबरजस्ती करणीमा ४१ जनाको रहेको तथ्यांकमा उल्लेख छ । यो तथ्यांकले कैलाली जिल्लामा अपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेको देखाउछ ।

अपराधिक घटनालाई न्यूनिकरण गर्न जिल्लाका महिला अधिकार कर्मीहरु सरकारलाई दबाब दिईरहेको बताउछिन् ओरेक नेपालका संयोजक विणु राना । उनले घटनालाई न्यूनिकरण गर्न सबैको हातेमालो हुन जरुरी रहेको बताईन् ।

त्यसै दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले समुदाय स्तरको कार्यक्रमले अपराध सहनु हुदैन भन्ने चेतना फैलाउदै गईरहेको बताइन् । उनले अपराधिक मानसिकता भएको व्याक्तिलाई अपराध नदोहोरियोस् भनि अपराध गर्नेहरुको आफन्तले पनि उनीहरुलाई सजायको दायरामा राख्न सहयोग गर्नु पर्ने धारणा व्यक्त गरिन् ।

नेपालमा यस्ता जनधन्य अपराधलाई सरकारी वकिल कार्यालयले नै वकालत गर्ने भएकोले पीडक पक्षले राखेको नीजि वकिल पनि मुद्धा जिताउन कै लागि झुटलाई सहि सावित नगरि दिए अपराध गर्नेहरुको मानसिकता केही हद सम्म परिवर्तन हुन सक्ने बताईन् ।

नेपालको संबिधानमा उल्लेखित कानून पीडित पक्षलाई कम भएको महसुश भईरहेको बताउदै उनले भनिन् अब स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले स्पष्ट र पीडितले न्याय पाएको अनुभूति हुने कानून बनाउन आग्रह गरिन् ।

उनले किशोरीलाई बलात्कार गरेर हत्या गरिएको ठाउँमा त्याहँका महिलाहरु त्हाँका महिलाहरु असुरक्षित महसुस गरिरहेका छन् र उक्त ठाउँमा सुरक्षाअनुभूति दिलाउन प्रसशासनसंग माग राखिन् ।

एड्जस नेपालका अध्यक्ष चित्रा पनेरुले कैलालीमा भईरहेको हत्या, हिंसालाई रोक्न तीन वटै तहमा बहस हुन जरुरी रहेको बताईन् । उनले तीन वटै तहमा पीडितले पाउँने न्यायपूर्ण कानून बनाउन पहल गर्दै बनेको कानुनलाई परिमार्जन गरि छिटो भन्दा छिटो नयाँ कानून बनाएर कार्यन्वयनमा ल्याउन आग्रह गरिन् ।

पनेरुले घटनाको प्राकृति हेरेर अपराध गर्नेलाई नेपालमा पनि फाँसीको सजाय हुने कानून बन्न सके अपराध गर्ने व्याक्तिहरु मानसिकरुपले परिवर्तन हुन सक्छन् कि भनि तर्क दिईन् ।