४०औं पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण

लम्की, ७ साउन । ४०औं पुष्पलाल स्मृति दिवसको अवसरमा कैलालीको जानकी गाउँपालिका वडा नं ९ मा रहेको जातिय संग्रहाल परिसरमा बृक्षारोपण गरिएको छ ।

नेपाल कम्युष्टि पार्टीका नेता पुष्पलाको स्मरण गर्दै सो बृक्षारोपण कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननिय सांसद रतन बहादुर थापाले पुष्पलालको सपनालाई बाम सरकारले पुरा गर्ने बताए ।

उनले पुष्पलालले देखाएको बाटो र योगादनलाई आत्मसाथ गर्दै बाम सरकारलाई अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रमको अवसर पारेर संग्रालय परिसरमा तुल्सी, पिपल, वर लगायत अन्य जातका विरुरवाहरु रोपिएको थियो ।