गरिव घर परिचयपत्रको अद्यावधिक हुन्छ : नगरप्रमुख
धनगढी, ७ साउन । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले गरिव घर परिचयपत्रको निश्चित अवधिधभित्र अद्यावधिक हुने बताएका छन् ।
आईतबार बिहान वडा नं २ मा गरिव घर परिचयपत्र बितरण गर्दै नगरप्रमुख वडले धनी गरिव हुने र गरिव धनी बन्ने प्रकृया चलीरहने भएकाले यसको पनि अद्यावधिक गरिने बताए ।
गरिव घर परिचयपत्रका आधारमा राज्यले सहयोग र सहुलीयत दिने पनि नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालीकाले गरिव घर परिचयपत्र वितरण कार्य शुक्रवार देखि सुरु गरेको थियो ।
धनगढी उपमहानगरपालीका १९ वटै वडामा गरि ५ हजार ८ सय ८५ जनालाई गरिवपरिचय पत्र वितरण गरिदै छ । जसमध्य २ हजार ८ सय ५८, मध्यम गरिव १ हजार ८ सय ३७, र समान्य गरिव १ हजार २ सय ९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ ।
अति गरिवले रातो, मध्यम गरिवले पहेलो र सामान्य गरिवले निलो परिचयपत्र पाउने भएका छन् । देशभरीमा ८ वटा जिल्लामा नमुनाका रुपमा गरिव घर परिचयपत्र बितरण हुदैछ । सरकारले २०७९ सालमा गरिवहरुको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो ।













