बिपीको स्मृतीमा बृक्षारोपण
धनगढी, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस कैलालीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले धनगढी उप–महानगरपालीका ५ स्थीत डिलाशैनी मन्दिर परिसरमा फलफुलका बिरुवा रोपेको छ । त्यसै गरि बेवरीया सामुदायीक बनमा पनि बिपीको संझनामा बृक्षा रोपण गरिएको छ ।
त्यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिले कैलालीको पहलमानपुरमा बृक्षारोपण कार्यक्रम गरेको छ । नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु”ले बिपी स्मृती दिवशको अवसरमा ५ वटै निर्वाचन क्षेत्रमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको बताए ।
कैलाली क्षेत्र नं ५ ले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापती शाहले बिपीको ब्यक्तित्व मात्रै नभएर बिचारले पनि महान रहेको बताए । विपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिनुपर्ने बताए । विपीको आर्दश र मार्गदर्शनलाई अनुसरण गर्नु आजको आवश्यकता भएको बताए ।
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बिपी लिएको बाटोलाई अनुसरण गर्दै उनकै मार्गचित्रमा हिँड्नुपर्ने आवश्यकता औल्याए । उनले भने, विपी दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई हरेक कांग्रेसीहरुले बुझ्नु जरुरी रहेको छ । नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापती हरिश खड्काको सभापतीत्वमा भएको कार्यक्रम सचिव भिम पडालले गरेका थिए ।
मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका नेपाली कांग्रेस संस्थापक नेता विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । नेपाली कांग्रेसले बर्षेनी साउन ६ गतेको दिनलाई विपी स्मृति दिवसको रुपमा मनाउने गर्दछ ।













