डा. केसीको समर्थनमा तरुण दलले गर्यो विरोध प्रदर्शन
धनगढी, ६ साउन । अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ ।
केसीको माग पूरा गर्नु भन्दै तरुण दलले आईतबार धनगढीमा विरोध प्रदर्शन गरेको हो ।
क्यापस चौकबाट शूरु गरिएको विरोध जुलुसमा वर्तमान सरकारविरुद्ध नाराबाजी गर्दै ओली सरकार मुर्दाबाद । डा. केसीको माग पुरा गर । घाईतेको उपचार गर । भनै विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थिए ।
जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमद्वारा हस्तक्षरित ज्ञापनपत्रमा आन्दोलनको क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले लाठी चार्ज गरी घाइते बनाउनुका साथै शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको जनाइएको छ । माग सम्बोधन नगरिए कडा आन्दोलनको चेतावनी समेत दिइएको छ ।













