शिविरमा आँखा जचाउँनेको भिड
धनगढी,५ साउन । धनगढी उप–महानगरपालीका र धनगढी नेत्रालयले शनिवार वडा नं १८ को फुलबारीमा आयोजना गरेको निशुल्क आँखा शिविरमा चेकजाँच गराउनेको भिड लागेको छ ।
स्थानीय चन्दोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त शिविरमा २ हजार भन्दा बढीले आँखा चेकजाँच गराएको धनगढी नेत्रालयका नेत्र सहायक गोकर्ण भण्डारीले बताए । उनले भने,‘यो मध्य दिन सम्मको तथांक हो । अहिले पनि सयौको संख्यामा बिरामी पालो कुरेर बसेका छन् । उनले यस सिविरमा वडा नं १४, १८ र १९ का बिरामीहरु रहेका छन् । गाउँमै बिशेषज्ञ सहितको आँखा शिविरको आयोजना गरिएपछि ठूलो संख्यामा बिरामीहरु आएको धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने,‘सबै बिरामीले पालो पाउन नसकेमा फेरी शिविरको समय थप्न सकिन्छ ।
गाउँमा नै शिविर आउँदै भन्ने सुनेर आँखा चेक गराउन आएकी हु धनगढी फुलबारीकी टुनी थारुले भनिन्,‘बिहान देखि आएको पालो नै पाएको छैन । उनले निकै धेरै बिरामी भएकाले पालो पाउन नसकेको बताईन । डाक्टरले राती भएपनि चेक जाँच गर्छु भनेको छ टुडीले भनिन्‘त्यसैले पालो कुरेर बसेकी छु । फेलबारीकै ५७ बर्षिय रुद्र मैनाली डाक्टरले आँखा चेक गरेर निशुल्क चस्मा दिएपछि दंग छन् । चस्मा लगाएपछि संसार देखिएको प्रतिकृया उनले दिए ।













