गरिवी परिचयपत्र वितरण शुरु
धनगढी,४ सावन । धनगढी उप–महानगरपालिकाले सबै वडामा गरिब घर परिचयपत्र वितरण सुरु गरेको छ ।
नगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरपालिकाको वडा नं १ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रंगको (अति गरिव), वडा नं १ एरपोर्ट मुक्त कमैया शिविरकी मैना देवी चौधरीलाई (मध्यम गरिव) पहेलो रंगको, एरपोर्ट सिविरकै सहविर चौधरीलाई ( सामान्य गरिव) निलो रंगको परिचयपत्र वितरण गरेका हुन ।
गरिव घर परिचयपत्रका आधारमा राज्यले दिने सहुलियतमा यहाँहरुलाई प्राथमिकता दिन्छ नगरप्रमुख वडले भने, ‘यसलाई सुरक्षित राख्नु होला ।’ पहिलो चरणमा वडा नं १ बाट बितरण सुरु गरिएको हो । शुक्रबार देखि नै उपमहानगरपालिकाको १९ वटै वडामा परिचयपत्र बितरण गर्ने कार्य सुरु भएको छ ।
परिचयपत्र बुझ्दै राज्यले हामीलाई यसै परिचयपत्रका आधारमा सहयोग र सुविधा दिनुपर्छ गंगादेबी कोलीले भनिन् ‘फेरी पनि म गरिव हुँ भन्दै अब प्रमाणित गराउनुपर्ने चलनको अन्त्य हुनुपर्छ ।’
धनगढीमा ५ हजार ८ सय ८५ जनालाई गरिवपरिचय पत्र वितरण गरिने धनगढी उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र सिंह कार्कीले बताए ।
जसमध्ये २ हजार ८ सय ५८, मध्यम गरिव १ हजार ८ सय ३७, र समान्य गरिव १ हजार २ सय ९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ । गरिवले रातो, मध्यम गरिवले पहेलो र सामान्य गरिवले निलो परिचयपत्र पाउने प्रशासकीय अधिकृत कार्की बताए ।













