विरोधको नयाँ शैली ‘नम्स्कार’ प्रर्दशन
डा. केसीसँगको वार्ता अनिश्चित
कैलाली, ४ साउन । सरकारले डा. गोविन्द केसीसँग काठमाडौं नआएसम्म वार्ता नगर्ने बताएको थियो । तर, विहीबार सेनाको हेलिकोप्टरमा राखेर केसीलाई काठमाडौं ल्याएपनि उनीसँगको वार्ता अनिश्चित भएको भन्दै कैलालीका यूवा तथा केसी समर्थकहरु ‘नम्स्कार’ प्रर्दशन गरेका छन् ।
शुक्रबार नै सरकारले वार्ता गर्ने भनिएपनि त्यसबारे कुनै धारणा सार्वजनिक गरेको भन्दै कैलालीको अतरियामा बजारमा सो प्रर्दशन गरेका हुन् ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौं ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।
सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । डा.केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।
अनशनरत डा.केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्षमा अत्तरियामा शान्तिपुर्ण प्रदर्शन गरिएको हो ।
प्रर्दशनमा सहभागी सबैले दुई हात जोडी सरकारलाई नमस्कार गरेर के.सीको पक्षामा प्रर्दशन गरेका हुन् ।













