जानकी गाउँपालिकामा १६ जना विद्यार्थीलाई छात्रवृति
लम्की, २ साउन । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयले बुधबार वडा भित्रका विद्यालयका विद्यार्थीहरुलाई छात्रवृती प्रान गरेो । साथै वडामा रहेका जेष्ठ नागरिकको सम्मान समेत गरेको छ ।
वडाले गाउँपालिकामा रहेका ८५ वर्ष माथिका २७ जनालाई छाता र टर्च दिएर सम्मान गरेको हो ।
यस्तै वडा अन्तरगत रहेका विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई १ थान झोला, १ दर्जन कपी, १ दर्जन डट्पेन र पोशाक खरिदका लागि नगद रु १ हजार रुपैयाँ छात्रवृती वितरण गरिएको छ ।
वडा अध्यक्ष खगेन्द्र भण्डारीले जेष्ठनागरिकलाई वडाले सधै सम्मान गर्ने बताउदै उनीहरुलाई वडाले सम्पत्तिको रुपमा हेर्ने बताए ।













