गैरथारु प्रति फरक मनोविज्ञान कैद गर्दैछ ‘पहुरा’

धनगढी, १ साउन । नेपालकै पहिलो थारु भाषाको पत्रिका पहुरा थारु दैनिक पछिल्लो अवस्थामा गैर थारु प्रति फरक मनोविज्ञान कैद गर्दै अगाडी बढिरहेको थारु कल्याणकारी सभाका सचिब माधब चौधरीले बताएका छन् ।

उनले पहुराको १६ औं वार्षिक उत्सवको अवसरमा छलफल गर्दै थरुहट आन्दोलन पछि पहुरा दैनिक हेर्ने गैर थारुहरुमा बृढि भएको बताए ।
गैर थारुहरुले थारुहरुको धारण बुझ्नालाई पनि पहुरा प्रति बढि चासो दिईरहेको बताउदै पहुराले थारु भाषा, कला, संस्कृतिको संरक्षणसंगै थारुहरुको विचारलाई पनि प्रथामिकता दिदै आइरहेको बताए ।

‘पहुरा व्यवस्थित हुनु नै थारु संस्कृति जोगिनु हो ।’ विभिन्न संघर्षको बाबजुट पहुरा १६ वर्षमा प्रबेश गरेको शुभकामना दिदै सचिब चौधरीले पहुरालाई व्यवसायिकरुपमा फस्टाउन सबैले साथ र सहयोग गरिदिन अनुरोध गरे ।

त्यसै गरि थारु कल्याणकारीणिका केन्द्रीय पार्षद पुरन चौधरी थारुहरुको पहिचानलाई स्थापना गर्न पहुराको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले पहुरा दैनिकबाट थारु साहित्यको विकाससंगै भाषाको लिपिगत विकास भइरहेको बताउदै पहिचानको आन्दोलानलाई मजबुद बनाउन पहुराको ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।

त्यस्तै अधिवक्ता जोहारी लाल चौधरीले थारु समुदायमा पाठकहरुले खोजेको आवश्यक खुराकलाई मध्य नजर गर्दै पहुरा अगाडी बढ्नुपर्ने बताए । उनले समुदायको कुना काप्चामा रहेको सवालहरुको अनुसन्धान तथा खोज गरेर सूचना प्रवाह गरे पहुराको भविष्य एकदमै सुनौलो रहने बताए ।

उनले नेपालका डिजिटल मिडियाको जति विकास भएपनि प्रिन्ट मिडियाको महत्व नै बेग्लै गरहेको बताउदै पहुरा थारु दैनिक अनलाईन मिडिया तिर गएपनि प्रिन्टमा बाधा नहोस् भनि सुझाब दिए ।

छलफल कार्यक्रममा थारु कल्याणकारीणि सभाका पूर्व अध्यक्ष प्रभात चौधरी पहुरा भाषिक पत्रिका भएको कारणले थारु समुदायका कला, संस्कृति र पहिचान जोगाउदै आईरहेको छ । थारुसंगै गैरथारु समुदायको मुद्धा पहिचानलाई पनि त्यतिकै महत्व दिदै आएको बताए ।
भाषिक पत्रिका भएकै कारणले जातियताको आरोप लगाएपनि त्यस्तो भेदभाव नगरेको उनले बताए । यो पत्रिकाले सबै मुद्धालाई उत्तिकै उठान गरेकै कारण पत्रिका प्रति गैरथारुहरुको आकर्षण पनि उत्तिकै बढेको बताए ।

कैलाली जिल्लामा थारु बाहुल क्षेत्र भएकै कारणले सरकारी तथा गैर सरकारी संघसंस्थामा काम गर्ने गैरथारुले थारु भाषा सिक्नको लागि पनि यो पत्रिका चासोका साथ पढ्ने गरेको बताए ।

थारु नागरिक समाजका संयोजक दिलबहादुर थारुले पहुरा पत्रिका सहकारी मार्फत संञ्चालन भई एफएम र टेलिभिजनको अवधारणा ल्याउन जरुरी रहेको बताए ।

उनले यो दैनिक पत्रिकाले थारु समुदायको माग मुद्धा कला संस्कति लिखितरुपमा ईतिहास रचेको बताउदै अब टेलिभिजन सञ्चालन गरि यसलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन जरुरी रहेको बताए ।

पहुराको संस्थापक समेत रहेको चौधरीले पत्रिकालाई दिगोरुपमा लैजान सबैको सहयोग र सुझाब आवश्यक रहेको बताए । थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष मदन चौधरीले पहुरालाई दिगो बनाउन व्यवसायीकरुपमा जानुपर्नेमा जोड दिए । भाषिक पत्रपत्रिका चलाउन असाध्यै अप्थ्यारो भए पनि पहुरा १६ औं वर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना दिदै पत्रकारीताको अचारसंहितालाई टेकेर सबै समुदायको माग मुद्धालाई बराबर महत्व दिनुपर्ने बताए ।

त्यस्तै थारु पत्रकार संघका केन्द्रीय सचिब इन्दु चौधरीले पत्रिकालाई विश्वनियता र अपनत्व बनाउन पाठक प्रतिक्रियालाई निरन्तरता दिनुपर्ने सुझाब दिए । उनले पाठक प्रतिक्रियाको प्रयासबाटै नयाँ लेखकको उत्पादन हुने बताए ।

कमैया प्रथा उन्मुलन समाजका अध्यक्ष बसन्ती चौधरी पहुरा दैनिकले समय सापेक्ष सामाचार लेख रचना दिदै आएकोले थारु भाषा, कला, संस्कृतिको जगेर्नामा टेवा पुगेको बताए ।

फोनिज कैलालीका पूर्व अध्यक्ष अनत चौधरीले नेपालको ठूला मिडिया हाउसमा समेत खोजमूलक सामाचारको कमी हुदै गईरहेको बताए । दुरदराजमा लुकेर रहेका सवालहरुको पहिचान गरि यो दैनिकले सबै मुद्धाहरुलाई उत्तिकै प्राथमिकता दिन सुझाब दिए ।

थारु विद्यार्थी समाजका केन्द्रीय सचिब ठाकुर प्रसाद करियाप्रधानले पहुरा पत्रिका कैलाली जिल्लामा आफ्नै पहिचान बनाएपनि १३ वटै स्थानीय तहमा पनि जानु पर्नेमा जोड दिए । यो पत्रिकाले प्रधान कार्यालय सहित तीन वटा ठाँउमा शाखा स्थापना गरे पनि सबै तहमा सम्पर्क कार्यालय खोलि त्यहाँको मुद्धालाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए ।

यस्तै पहुरा दैनिकका संस्थापक सम्पादक राजकुमार चौधरीले द्धन्द्धकालको बेला यस पत्रिकाको स्थापना भएकोले त्यसबेला पत्रिकालाई टिकाउन असाध्यै गाह्रो भएको बताए । आफूहरुले पत्रिकाको स्थापना गरे पनि मलजल र हुर्काउने काम वर्तमान टीमले गरेको बताए ।
कार्यक्रममा उक्त दैनिकका प्रकाशक स्माईल चौधरीले पहुरालाई १६ वर्षमा पुर्यउन सहयोग गर्ने सम्पूर्ण पाठक, विज्ञापन दाता र शुभचिन्तकहरुलाई धन्यबाद दिदै अगामी दिनमा पनि सहयोग गरिदि अनुरोध गरे ।

उक्त दैनिकका सम्पादक प्रेम चौधरी पहुरा पत्रिका पनि समयको माग अनुसार चाँडै नै पहुरा अनलाईन सञ्चालन गरि ई पेपर मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुगाउने बताए ।