‘कैलाली बिपदको उच्च जोखिममा’

धनगढी,३२ असार । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले कैलाली जिल्ला बिपदको उच्च जोखिममा रहेको बताएका छन् ।

सोमबार जिल्ला रेडक्रस शाखा कैलालीले आयोजना गरेको प्राथमिक उपचार सम्वन्धी ४ दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले बिपदबाट हुनसक्ने सम्भावित क्षतीबाट बचाउनका लागि पूर्व तयारीका उपाय अपनाउनुपर्ने बताए ।

उनले धनगढी उप–महानगरपालीका यसका लागि सहकार्य गरेर जान तयार रहेको बताए ।
नेपाल रेडक्रम सोसाईटी जिल्ला शाखा कैलालीका सदस्य रतनबहादुर कठायतले प्रत्येक घरमा एक जना ब्यक्ति प्राथमिक उपचार गर्न सक्ने होस भन्ने चाहना आफुहरुको रहेको बताए ।

कैलालीमा रहेका जनपद,सशस्त्र,ट्राफिक प्रहरीका २४ जना तालिममा सहभागि रहेका छन् । उनिहरुलाई प्राथमिक उपचारका बिषयमा ४ दिन सम्म तालिम दिईने नेपाल रेडक्रम सोसाईटी जिल्ला शाखा कैलालीका उपाध्यक्ष मोती प्रशाद उपाध्यायले बताए ।