नेपाल शिक्षक महासंघ र स्थानीयतहका प्रतिनिधि बिच छलफल
धनगढी,३२ असार । नेपाल शिक्षक महासंघ नगरसमिति धनगढीले सोमबार धनगढी उप–महानगरपालीकाका जनप्रतिनिधिहरुसंग छलफल गरेको छ ।
शिक्षामा स्थानीयतहको अधिकार क्षेत्र, नयाँ संवैधानिक ब्यबस्था, सम्मानीत अदालतबाट भएका फैसला र आगामी कार्यदिशाका बारेमा शिक्षक र जनप्रतिनिधीहरु बिच ब्यापक छलफल भएको नेपाल शिक्षक महासंघ धनगढी नगरसमितिका सभापती गंगाराम ओझाले बताए ।
कार्यक्रममा सुझाव दिदै धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले नगर शिक्षा ऐन बनाउँदा शिक्षकहरुका संघसंस्थाका प्रतिनिधी र अनुभवी शिक्षकहरुको सल्लाह लिएको बताए । उनले भने,‘यो ऐन आवश्यकताका आधारमा संशोधन पनि गर्न सकिन्छ । शिक्षक नै समाजको मेरुदण्ड हुन् ।’
धनगढी उप–महानगरपालीकाले दरवन्दी मिलान र विद्यालय मिलान गर्ने कार्य चाँडै गरिने बताए । उनले भने, ‘हामी सकारात्मक कुराका लागि समन्वय गर्न सधै तयार छौं ।’ धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले परिवर्तत अवस्थामा शिक्षा क्षेत्रलाई ब्यबस्थापन गर्न स्थानीयतहलाई अधिकार दिएको बताईन । उनले भनिन्,‘यसका लागि शिक्षकहरुको सल्लाह लिने कुरामा कमी गरिदैन ।’
कार्यक्रममा बोल्ने शिक्षकहरुले आफुहरु केन्द्र देखी नै बिभिन्न २६ वटा बुदा सहित आन्दोलनमा रहेको बताए । कार्यक्रममा शिक्षक महासंघ कैलालीका अध्यक्ष भिमबहादुर बलायर, नेपाल ट्रेड यूनियक कांग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाह लगायतको उपस्थीति रहेको थियो ।













