उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलाली बिजयी सुरुवाती
धनगढी, ३१ असार । रौतहटमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलाली पहिलो बिजयी सुरुवात गरेको छ ।
असार २७ गतेदेखी शुरु भएको सो खेलमा कैलालीको टीम आईतबार पहिलो खेलमा सहभागी भए । खेल कैलाली र झापा बिच भएको थियो । कैलाली टीमले २–१ गोलले बिजयी सुरुवात गर्न सफल भएको छ ।
अखिल नेपाल फुटवल संघको आयोजनामा भैरहेको सो खेलमा कैलालीका तर्फबाट दोस्रो हाफमा शुस्मिता दवाडीले र मनकुमारी चौधरीले एक एक गोलको योगदान दिदै कैलाली बिजय यात्रा तय गरेको टिमका सहायक प्रशिक्षक महेश गोलेले जानकारी दिए ।
कैलालीबाट उक्त प्रतियोगिताका लागि बिभिन्न स्थानबाट एक सय भन्दा बढी महिला खेलाडी सहभागि भएका छन् । जस मध्ये दुई जना बैकल्पिक खेलाडी सहित १८ जानको टिम तयार गरेको थियो ।
आईतबार मोरङ र धनकुटा बिच हुने खेलमा जसले जित हासिल गर्ने छ सोही बिजेता टिमसंग कैलालीले साउन १ गते अब अर्को खेल प्रतिस्पर्धा गर्ने टिमका म्यानेजर डबल थापाले जानकारी दिए ।













