उत्पादन बिक्री गर्न कर्णाली राजमार्गमा कोसेली घर स्थापना हुने

कालिकोट, ३१ असार । कर्णालीमा उत्पादन हुने कृषि उपजका बस्तुहरुको बजारीकरण गर्नका लागि कर्णाली राजमार्गका बिभिन्न स्थानमा कोसेली घर स्थापना हुने भएका छन् ।

कृषि उपजका बस्तु बजारीकरण गर्नका लागि कर्णाली राजमार्गमा तिलागुफा नगरपालिकाले कोसेली घर स्थापना गर्न लागेको हो ।

स्थानीयस्तरमा उत्पादन हुने बस्तुहरुको बजारीकरण गर्नका लागि तिलागुफा नगरपालिका बिभिन्न ठाउँहरुमा कोसेली घर स्थापना गर्न लागिएको हो ।

कर्णालीमा उत्पादन हुने फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडिबुटीबाट बनेका बस्तुहरु, तिला कर्णालीका आसला माछाको सुकुटी कोसेली घरमा राखेर बिक्रि गर्ने तयारी थालिएको तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द्रप्रसाद पाण्डे पाण्डेले बताए ।

‘कर्णालीमा उत्पादन हुने स्थानीय बालीको बजारीकरण गर्नका लागि कोसेलीको घरको स्थापना गर्न थालेका छौं ।’ उनले भने,‘कर्णाली उत्पादन हुने बस्तुको बजारीकरणबाट राम्रो फाइदा लिन सकिन्छ ।’

कर्णालीमा उत्पादन हुने बस्तुका बजारमा राम्रो माग भएपनि त्यसको बजारीकरण नहुदाँ समस्या भएको र त्यसको बजारीकरणका लागि कर्णाली राजमार्ग छेउँछाउमा कोसेली घर स्थापना गरेर बाहिरबाट आउने पर्यटक बिक्रि वितरणका लागि सजिलो होस भनेर राजमार्गमा नै कोसेली घर स्थापना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

‘कर्णालीमा उत्पादन हुने बस्तुको माग निकै बढेको छ ।’ उनले भने,‘कर्णालीमा उत्पादन हुने कृषि बस्तु सहजैले अरुले बिक्रि वितरण गर्न पाओस भनेर राजमार्गको छेउँछाउमा कोसेली घर स्थापना गर्न लागिएको हो ।’

कर्णालीमा उत्पादन हुने बस्तुहरु कोसेली घरमा राखिने, सस्तो मुल्यमा नै ती बस्तु बाहिरबाट आउने पर्यटकहले किन्न सकोस भनेर राजमार्ग नजिकै स्थापना गर्न लागिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

‘कर्णालीका बस्तुहरु पाइने कोसेली घर स्थापना भएपछि युवाहरुले रोजगारी र यहाँ उत्पादन हुने बस्तुहरुले मुल्य पनि पाउने छन् ।’ उनले भने,‘यहाँ उत्पादन हुने बस्तुको बजारीकरण नहुँदा समस्या भएको छ ।’