मायाको काजक्रियामा नगरपालकिाले एक लाख सहयोग गर्ने निर्णय
मसुरिया, ३० असार । गौरीगंगा नगरपालिकाले माायाको परिवारलाई काजकिरियाको बाफत एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिका शुक्रबार बसेको नगरसभाको बैठकमा स्वर्गीय मायाको परिवारलाई करिया खार्चकोलागि सो रकम दिने निर्णय गरेको हो ।
बैठकमा मायाको शोक प्रकट गर्दै गौरीगंगा नगरपालिका अध्यक्ष हरिप्रसाद तिवारीले यस्तो निर्णय गरेको जनाए । गौरीगंगा नगरपालिका ११ का २१ वर्षीया मायाको असार १२ गते सामुहिक बलात्कारपाछि हत्या गरिएको थियो । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ ।
प्रहरीले उनीहरु माथि हत्या, बलात्कार र सामुहिक बलात्कार गरेको भन्दै तीन वटै महलमा सजाय हुने बताएको छ ।













