अव समृद्धीका लागि जुटौं : नगर प्रमुख वड

धनगढी, २८ असार । धनगढी उप–महानगरपालीका प्रमुख नृपबहादुर वडले राजनितिक उपलब्धी प्राप्त भैसकेकाले अव समृद्धीका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।

बिहीबार धनगढी उप–महानगरपालीका वडा नं ७ ले आयोजना गरेको आर्थिक बर्ष २०७५÷०७५ का योजना तथा सम्पादन गरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख वडले यस्तो कुरो बताएका हुन । अहिले सम्मको समय राजनितिकदलका नेताहरुले राजनितिक अधिकार प्राप्तीका लागि बिताए नगरप्रमुख वडले भने,‘अव समृद्धीका लागि लाग्ने समय हो ।’

नगरप्रमुख वडले धनगढी उप–महानगरपालीका ७ मा आफुहरुले चुनावमा गरेका धेरै प्रतिवद्धता पुरा भएका र केहि पुरा हुने क्रममा रहेको बताए ।

उनले भने,‘वडाको बेली स्वास्थ्य केन्द्रमा बिषेशज्ञ चिकित्सक सहितको सेवा दिन सुरु भएको छ, पटेलामा थारु संग्रालय निर्माण भैरहेको छ । त्यसै गरि जाखोरवावा तालको विकासका लागि बिभिन्न लगानीकर्ताहरु संग छलफल सुरु गरिरहेको, सडकहरु निर्माण तथा स्तरोन्नती गर्ने काम गरिएको पनि नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालीका ७ का वडा अध्यक्ष सिताराम रानाले वडाको विकासका लागि आफुहरु योजनावद्ध रुपमा लागेको बताए । उनले भने,‘वडामा भएका विकास निर्माणका योजनाहरुको रेखदेख गर्ने काम पनि वडाबसीको हो ।

स्थानीय सरस्वती माविका प्रधानाध्यापक ज्ञानेन्द्र शाहले वडाका कार्यक्रमहरुलाई पारदर्शी र सार्वजनिकपद धारण गरेका ब्यक्तिहरुलाई जवाफदेही बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण वडा सचिव मेखराज भट्टले गरेका थिए ।