आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदानको लागि अहव्वान

कैलाली, २८ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गर्ने भएको छ ।

एसियन ईन्डिजिनियस पिपुल्स प्याक्ट ९एआईपीपी०को आईभिए कार्यक्रम अन्तर्गत फोनिजको १९औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा चारजना पत्रकारलाई उक्त पत्रकारिता पुरुस्कारबाट पुरस्कृत गरिने भएको हो ।

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट छापा, टेलिभिजन, रेडियो र अनलाईन मिडियाबाट एक/एकजना गरी चार जना पुरस्कृत हुने जनाइएको छ । पुरस्कारको राशी प्रत्येक विद्यालाई ४० हजार ९कर सहित० प्रदान गरिने जनाईएको छ ।

पुरस्कारको मापदण्ड १० मा वर्षदेखि निरन्तर पत्रकारितामा क्षेत्रमा आवद्ध हुनु पर्ने, आदिवासी जनजातिको सवाललाई उठाउँदै आएको हुनुपर्ने, व्यवसायिक पत्रकारको रुपमा चिनिएको हुनुपर्ने रहेको छ । त्यस्तै महिला, अल्पसंख्यक र मातृभाषीलाई विशेष प्राथमिकता दिईने जनाईएको छ ।

यसै बिच फोनिज केन्द्रिय कार्यसमितिले प्रत्येक शाखा र संस्थागत सदस्य संस्थाबाट २०७५ असार २९ देखि सावन ७ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न माग गरेको छ । संस्थागत सदस्य संस्था र शाखाहरुले सिफारिस गर्दा हरेक

सिफारिस गर्दा पत्रमा सिफारिस उम्मेदवारले अहिले काम गरिरहेको सञ्चार माध्यम, पदीय जिम्मेवारीलगायत कुरा स्पष्ट लेख्नुपर्नेछ । त्यसरी सिफारिस गर्दा कोही विशिष्ट उम्मेदवार छुट्न गएमा पुरस्कार छनौट प्राविधिक सहयोग समितिले सिफारिस गर्न सक्नेछ । पुरस्कार छनौट समितिले आवश्यक प्रक्रिया पूरा गरी निर्णय लिनेछ ।