लम्कीचुहा नगरपालिकाका ९ जना कृषक सम्मानित
लम्की, २८ असार । कैलालीको लम्कीचुहा नगरपालिका कृषि शाखाको अयोजनामा बिहीबार लम्कीमा कृषक दिवसको अवसरमा कृषकहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा लम्की चुहा नगरपालिका नगर प्रमुख महादेब बजगाइले आफु निर्वाचित भएको १ वर्ष पुरा भएको स्मरण गर्दै नेपाल कृषि प्रदान देश भएकोले यस नारामा मात्रै सिमित नराख्न कृषकहरुलाई प्रोत्साह गर्नुपर्ने बताए ।
कृषिमा आत्मा निर्भर भएको कृषकहरुलाई वैज्ञानीक तरिकाले खेति गर्न स्थानीय सरकारले नीति बनाउन आवश्यक रहेको बताए । उनले खेति योग्य जमिनमा आधुनिक प्रणालीद्धारा खेति गर्न तिर राज्य उन्मुख हुन नसकेको बताए ।
लम्की चुहा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागी नीति तथा कार्यक्रममा कृषकहरुलाई मध्ये नजर गरेर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
लम्की चुहा नगरपालिकाले एक गाउ एक खेती, एक वडा एक कृषक कार्यक्रम ल्याएकोले सामूहिक खेती गर्ने उक्त कार्यक्रममा सहभागी हुने कृषकहरुलाई प्रोत्सहान गर्ने बताए ।
उनले आउदो वर्ष सम्म रानी जमरा कुलरीया सिचाई परियोजनाबाट किसानहरुको सिचाई समस्याको अत्य हुने बताउदै नगरभित्रका कृषकहरुसंग सहकार्य गरेर थप कार्यक्रम ल्याउने बताए ।
कार्यक्रममा नगर भित्रका कृषकहरुलाई विभिन्न विधामा उत्कृष्ट भएकालाई सम्मान गरेको हो ।
केरा खेतिमा उत्कृष्ट चुहा नगरपालिका १० चुहा का चुन्नुराम कठरिया, मत्स्यपालन वडा १ लम्कीका छोटेलाल थापा, मालिका मौरीपालन वडा नम्बर ९ प्रतापुरका कृषक समुह, फलफुल खेती वडा नम्बर ६ गुलराका भिम बहादुर केसी तरकारी खेती वडा नम्बर १ लम्कीका कन्चन शाही, मत्स्यपालन तर्फ वडा नम्बर ९ का खडक चौधरी, तरकारी खेती तर्फ वडा नम्बर १० चुहाका पार्वती चौधरी, र कृषि सहकारी संस्था लम्की चुहा नगरपालिकामा रहेको सना कृषक सहकारी संस्था लिमिटेडलाई समान गरिएको छ ।













