उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगितामा कैलाली टीम छनोट

धनगढी, २७ असार । रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि कैलालीको टीम छनोट भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताका लागि मंगलबार धनगढी–१२ जुगेडास्थित मनकामना युवा क्लवको खेल मैदानमा खेलाडी छनौट भएको थियो ।

कैलालीका विभिन्न स्थानबाट १ सय भन्दा बढी महिला खेलाडी सहभागी मध्ये २ जना वैकल्पिक खेलाडी सहित १८ जनाको टीम तयार गरेको कैलाली जिल्ला फुटवल संघका सदस्य तथा खेलाडी छनौट समितिका सदस्य चन्द्र बमले जानकारी दिए ।

कैलालीको महिला टोलीमा रेबिका पाण्डेय, बसौती नाथ, तुलसी माझी, अस्बिना तामाङ्ग, मोनिका पुलामी मगर, गंगा अधिकारी, मनकुमारी चौधरी, महिमा चौधरी, सुशिला चौधरी, ललिता रावल, कमला बिष्ट, अप्सरा भुसाल, सुस्मिता दबाडी, प्रतिक्षा चौधरी, सिर्जना सुनार, कल्पना बिष्ट (वैकल्पिक) र सरस्वती रोकाया (वैकल्पिक) रहेका छन् ।

असार २७ गतेदेखि साउन ३ गतेसम्म सो प्रतियोगितामा कैलालीको पहिलो खेल ३१ गते खेल्ने खेलाडी छनौट समितिका सदस्य बमले जानकारी दिए ।
प्रतियोगिताका लागि कैलालीको टोली असार २८ गते रौतहट जाने तालिका तय भएको कैलाली फुटवल संघले जनाएको छ ।