नाष्ट कलेजमा ६० प्रतिशत विद्यार्थी थारु छन् : प्रचार्य

धनगढी, २७ असार । कैलालीको धनगढीमा अवस्थित नाष्ट कलेजमा थारु विद्यार्थी ६० प्रतिशत रहेको प्रचार्य शिवहरी मुडभरिले बताए ।
उनले कैलालीमा पढाईको हिसाबले राम्रो चर्चा कमाएको नास्ट कजेल पछिललो अवस्थामा थारु विद्यार्थीहरुको बाहुल्यता बढेको जानकारी दिए ।

प्रचार्य मुडभरिले मुक्तिक डगरसंग कुराकानी गर्दै भने ‘नाष्ट कलेजमा पढेका कैलालीका थारु विद्यार्थीहरु कुनै न कुनै काममा व्यस्ट रहेको देख्दा एकदमै खुशी लाग्छ ।’

उनले नाष्ट कलेजमै पढेका जानकी गाउँपालिकामा विनिता चौधरी, बर्दगोरिया गाउँपालिकामा सुरेश चौधरी, कैलारी गाउँपालिकामा मनिष चौधरी आइटी अफिसर भएर काम गरेको देख्दा एकदमै खुशी लागेको बताए ।

उनले भने ‘कैलारी गाउँपालिका ७ नारायणपुरका राम कुमार चौधरी कमैया परिवारको पृष्ठभूमिबाट नाष्ट कलेजमा छात्राबृत्ति पाएर सन २००३ देखि २००६ साल सम्मा विसिए संकायबाट कलेज टपर भए ।’ हाल उनी लोकसेवा पास गरेर नेपाल राष्ट्र बैंकमा कार्यरत रहेको देख्दा मनैदेखि गौरब महशुस भईरहेको बताए ।

नाष्ट कलेजको पढाईलाई गुणस्तर बनाउन हरेक महिना अभिभावक बैठक, समय समयमा संकाय अन्र्तगतका विद्यार्थीहरुसंग बैठक, कार्यरत शिक्षक शिक्षिकाहरुसंगको बैठक बस्ने गरेको उनले बताए ।

उनले ‘विद्याथी भर्ना मात्रै गरेर हुदैन, पढाईपनि गुणस्तर हुनुपर्छ ।’ आर्थिक वर्ष २०७५ सालमा नाष्ट कलेजान ८ सय भन्दा वढि विद्यार्थीहरु प्रबेश परिक्षाको आबेदन फारम भरेका छन् ।

उनले कजेलको क्षमता बढिमा चार सय पचास भन्दा बढि राख्न नमिल्ने भएकोले धेरै विद्यार्थीलाई चाहेरपनि राख्न नमिलेको बताए ।
‘कक्षा कोठामा कोचिएर राख्ना सजिलो छ तर विद्यार्थीहरु पढाईमा शिक्षक प्रति आकर्षित हुनु परयो, प्रयोगात्मक कक्षामा पनि मेसिनरी प्रति विद्यार्थी पुग्नु पर्यो’ जसले गर्दा नाष्ट गुणस्तर पढाईकोलागि क्षमता भन्दा बढि विद्यार्थी भर्ना नगरेको प्रचार्य मुडभरिले प्रष्टताए ।

उनले थारु भाषा स्पष्टरुपले बोल्दै भने ‘म थारु गाउँमा जन्मे, हुर्के र बालापन पनि थारुहरुसंगै वित्यो । जसले गर्दा थारुहरुको इतिहास प्रति एकदमै सम्बेदनशील भएको बताए ।

थारु बाहुल क्षेत्रमा स्थानीय सरकारले थारु भाषा, कला, संस्कृतिको जर्गेर्ना गर्न नीति तथा कार्यक्रम लागु गर्नुपर्ने बताउदै उनले भने थारु समुदायमा विगत देखि चल्दै आईरहेको प्रर्थाजनित कानुनको पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए ।