योजनाको रेखदेख गर्ने काम नगरवासीको पनि हो : उप–प्रमुख भट्ट

धनगढी,२५ असार । धनगढी उप–महानगरपालीका उप–प्रमुख सुशिला मिश्रभट्टले निर्माण भैसकेका योजनाहरुको रेखदेख गर्न नगरवासी संग आग्रह गरेकी छन् ।

धनगढी उप–महानगरपालीकाको पटेलामा निर्माण भएको पक्की सडकको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै नगर उप–प्रमुखभट्टले यस्तो आग्रह गरेकी हुन । यो योजना नगरवासीको हो त्यसैले यसको दिगो प्रयोग र सम्भार गर्ने काम तपाईहरुको हो ।

आफ्नो गाउँ टोलमा सम्पन्न भएका योजनाको रेखदेख स्थानीयले नगरे सम्म नगरपालीका एक्लैले केहि गर्न नसक्ने पनि नगर उप–प्रमुख भट्टले बताईन । यसको निर्माण र निर्माण पछि पनि समुदायको निगरानी चाहिन्छ ।

नगरमा निर्माण भएका योजनाको रेखदेख नगरपालीकाले नै गर्नुपर्छ भन्ने सोच सबैले त्याग्नु पर्ने नगर उप–प्रमुख भट्टले बताईन । उनले भनिन् ‘हरेक सचेत नागरिकले दायीत्व सम्झेर त्यसको मर्मत सम्भार समेत गर्नुपर्छ ।

सानो काम पनि नगरपालीकाले गर्नुपर्छ गरि दिएन भन्नु भन्दा पनि आफुबाट सम्भव हुने काम आफैगर्न नगरवासी संग आग्रह गरिन ।