कैलारी गाउँपालिकाद्धारा अनुमानित बजेट ४३ करोड विनियोजन
धनगढी, २५ असार । कैलारी गाउँपालिकाको दोस्रो गाउँ सभा अधिबेशनबाट आर्थिक वर्ष २०७५/०७६ का लागि ४३ करोड ७३ लाख ३८ हजार अनुमानित बजेट प्रस्तुत भएको छ ।
कैलारी गाउँपालिका हसुलियामा सोमबार भएको गाउँ परिषदमा गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले सो प्रस्तुत गरेका थिए ।
उनले वित्तिय समानिकरण (चालु) तीन करोड ५२ लाख ७५ हजार, वित्तिय मानिकरण (पुँजीगत) १० करोड ५८ लाख २५ हजार, सम्पुरक कोषबाट ९ करोड रहेको बताए ।
त्यसै गरि वित्तिय समानिकरण सर्सतमा १३ करोड ८९ लाख, प्रदेश सरकारबाट प्रप्त वित्तित समानिकरणमा ७५ लाख ८० हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँडमा ५३ लाख ६७ हजार बजेट नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।
त्यसैगरि आन्तरिक आय तीन करोड ४५ लाख १६ हजार गरि जम्म ४१ करोड ७४ लाख ६३ हजार रकम विनियोजन गरिएको छ भने गैर सरकारी संस्था तर्फबाट १ करोड ९८ लाख ७५ हजार गरि जम्मा ०७५/०७६ का लागि ४३ करोड ७३ लाख ३८ हजार अनुमानित बजेट प्रस्तुत भएको छ ।

कार्यक्रममा संसाद तथा पूर्व कृषि मन्त्री गौरी शंकर चौधरीले कैलारी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम अन्तर्गतका कार्यक्रमलाई सञ्चालनमा तिब्रता दिन सके गापाको परिकल्पना पुरा हुने विश्वास व्यक्त गरे ।
उनले कैलारी गापाले गाउँपालिकालाई स्थानीय स्तरमै नमुना बनाउने सोचलाई व्यवहारमा उत्तार्ना सबैको सहयोगको खाचो रहेको बताए ।
कैलालीमा उब्जनी हिसाबले कैलारी गाउँपालिका अगाडी रहेको बताउदै अगामी दिनमा यहाँको किसानहरुको प्रोत्साहको लागि किसानमूखि कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य खेमराज चौधरी टीकापुर घटनाका आरोपित २७ जनाको रिहाईको लागि सबै जना जुर्मुराउन आग्रह गरे ।
त्यसै गरि थारु कल्याणकारीणि सभाका केन्द्रीय सदस्य चौधरीले टीकापुर घटनाका आरोपित २७ जना कैलाली कारागारमा विगत तीन वर्षदेखि राजबन्दी जिवन विताईरहेको बताउदै उनिहरुलाई विना सर्त रिहा गर्न माग समेत गरे ।
उनले नेपालको कानुन माथि प्रति प्रश्न गर्दै भने नवराज सिलवाल संसदको सपथ ग्रहण गर्न पाउने तर रेशम चौधरी थारु भएकै कारण कारागारमा राजबन्दी बन्नु कहाँको नियम हो ? उहाँहरुको रिहाईको लागि स्थानीय तहलाई पहल आग्रह गरे ।
कार्यक्रममा नष्ट कलेजका प्रमुख शिबहरि मुडभरिले स्थानीय तह मध्ये कैलारी गाउँपालिका थारु बाहुल क्षेत्रमा स्थापित भएकोले यहाँको कला, संस्कृति, भेष भूषा र रहनसहन संगै भाषाको जर्गेनामा अग्रसर हुन आग्रह गरे ।
उनले थारु भाषाको संस्कृतिकोलागि पनि नीति तथा कार्यक्रममा बजेट छुट्याउनुपर्ने माग राखे ।













