बेहडाबाबा तालमा डुंगा संचालन

धनगढी,२५ असार । धार्मिक तथापर्यटकिय महत्व बोकेको बेहडाबाबा ताल सोमबार देखि डुंगा संचालन गरिएको छ ।

धनगढी उप–महानगरपालीका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले बिशेष पुजा आजाका बिच डुंगा संचालनमा ल्याएका हुन । डुंगा संचालनमा ल्याएपछि दर्जनार्थी र भक्तजनहरुलाई तालको मध्यभागमा रहेको गंगामाता मन्दिरमा जान सजिलो हुने भएको छ ।

हामीले अहिलेलाई बेहडावाबा मन्दिर ब्यबस्थापन समितिलाई २ वटा डुंगा हस्तान्तरण गरेका छौ धनगढी उप–महानगरपालीका प्रमुख नृपबहादुर वडले भने, ‘डुंगाको रेखदेख संरक्षण र संचालन समेत समितिले नै गर्ने छ ।

आवश्यकता अनुसार नगरपालीकाले डुंगा थप गर्ने नगर प्रमुख वडले बताए । बेहडा बाबाको विकासका लागि हामीले गुरुयोजना बनाउने काम गरिसकेका छौं, ‘नगर प्रमुख वडले भने, ‘यहाँ आउने बाटो, यहाँ आवश्यक पर्ने अन्य संरचना निर्माणको कामलाई नगरपालीकाले तिब्र तादिएको छ ।

तालमा पानीको सतह बढेको अबस्थामा गंगामाताको मन्दिरमा पुजा गर्न चाहनेहरु जान सक्दैन थिए स्थानीय मिनबहादुर चन्दले भने, ‘अव बर्षातको बेला पनि पुजागर्न सकिन्छ । बेहडावाबा प्रदेशकै मुख्य धार्मिक पर्यटकिय स्थल हो धनगढी उप–महानगरपालीका उप–प्रमुख सुशिला भट्टले भनिन् ‘यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिन्छ ।

बेहडाबाबा यहाँको प्रमुख धार्मिक तिर्थ स्थल पनि हो । यहाँ नेपालबाट मात्रै नभएर भारतका बिभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्दछन् । भारतको उत्तर प्रदेश र उत्तराखण्ड प्रदेशबाट खालीखुट्टा हिडेर दर्शनार्थी दर्शन गर्न आउँछन् । यहाँ गंगादशहरामा ठूलो मेला लाग्ने गर्दछ ।